अपराध

एक किलो चाँदीसहित दुईजना पक्राउ

By थाहा अनलाइन

December 23, 2018

सिराहा । सिराहामा एक किलोग्राम अवैध चाँदीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका–८ महिसोथाका ४० वर्षीय रामबाबु साह र २० वर्षीय पंकज कुमार साह रहेका छन् ।

ईलाका प्रहरी कार्यालय माडरको टोलीले भारतको जयनगरबाट सिराहातर्फ आउँदै गरेको ना.५७ प ६५३९ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ किलो, नेपाली ४३ हजार ४ सय ६० रुपैयाँ र भारतीय ५ सय ६० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।