शोकमा जुम्ला



दाङमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २३ जनामध्ये ११ जना जुम्लाका विद्यार्थी परेपछि अहिले जुम्ला शोकमा डुबेको छ । सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत ११ जना जुम्ली विद्यार्थीको मृत्यु भएको हो । घाइतेमध्ये चार जना पनि जुम्लाकै रहेका छन् ।

मृतक जुम्ली विद्यार्थीहरुमा चन्दननाथ नगरपालिका–६ का १६ बर्षीया कुसुम रावल, वडा नं. ३ का १७ बर्षिय हिम्मत बोहरा, कनकासुन्दरी गाउँपालिका–५ का २० बर्षिय विरेन्द्र कडारा, हिमा गाउँपालिका–५ की १७ बर्षीया शैलजा शाही, चन्दनथान–१० का १८ बर्षीय रुपेशजंग शाही र १७ बर्षीय रितेन्द्र शाही, चन्दननाथ–५ का देवीप्रसाद उपाध्याय, तिला गाउँपालिका–१ का जंगबहादुर बिक, चन्दननाथ–३ का १८ बर्षका अर्जुन शाही, चन्दननाथ–१० का विपना खत्री र तिला गाउँपालिका–३ का रमेश उपाध्याय रहेका छन् ।

मृतकमध्ये आठ जनाको शव हेलिकोप्टरबाट जुम्ला पु¥याइएको छ । शव जुम्ला पुर्‍याइएपछि मृतकका आफन्तको विमानस्थलमै रुवावासी चलेको थियो । सन्तानलाई प्राविधिक शिक्षा पठाएर दुर्गमको सेवा गर्ने सपना बोकेका मृतकका आमाबाबा भावविह्वल भएका थिए ।त्यस्तै दुर्घटनामा घाइते मध्येकाहरु तातोपानी गाउँपालिका–४ की १८ वर्षीया हिमाली हमाल, चन्दनाथ नगरपालिका–३ का १६ वर्षीय कुशेन्द्र खत्री, चन्दनाथ–२ का १७ वर्षीय जीवन भण्डारी र चन्दननाथ–४ की १६ वर्षीया बर्षा रोकाया रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्