काठमाडौंको घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आज (आइतबार) साँझ आगलागी भएको छ ।
जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रोपटक आगलागी भएको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले स्ववियु कार्यालयनजिकै रहेको अर्को भवनमा आगलागी भएको जानकारी दिए ।
बेलुका ६ बजेदेखि लागेको आगो दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्यार्थीको सहयोगमा नियन्त्रणमा लिइएको छ । करिब एक घन्टा आगलागी भए पनि कलेज बन्द भएका कारण क्षतिको विवरण आउन सकेको छैन ।
रासस

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।