गोरुतस्करको पक्षमा दाङ प्रहरी , अमिलियाबाट बेरोकटोक पाश हुन्छन् ट्रकहरु



सैघालीखबर ब्यूरो

दाङ ८ पौष,  इलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी प्रमुख प्रहरी निरीक्षक रविन्द्र राज पाण्डे गोरु काण्डमा नराम्ररी मुछिएका छन् । सामाजिक तथा कानुनी रुपमा पटक पटक विवादमा आईरहने पाण्डेको छवि विवादास्पद रहेको छ । केहि समय अघि दुई जना महिलाले एक महिलालाई नाङ्गो झार बनाई कुटपिटमा संलग्न गुप्ताद्धयलाई गोप्यरुपमा कागजगराई मिलाएको र पछि कुटपिटको घटना मिडियामा आएपछि पाण्डे चरम विवादमा परेको आम जनताहरुका माझ चर्चाको बिषय बनेको थियो । पछिल्लो समय नक्कली कागजपत्र बनाई गोरुतस्करी जिल्ला भित्रै र बहिरबाट समेत जिल्लाको बाटो भएर हुनेगरेको रहस्य खुलेतापनि कागजपत्रकै आधारमा गोरुतस्करीलाई संरक्षण दिने जस्तोगरेको देखिएको अमिलियाका पत्रकार श्ररिाम् दहितले आरोप लगाउनुभयो । जिल्लाको अमिलिया सिउ खोलामा गोरुसंकलन गर्दैगर्दा केहि समय अघि गोरुतस्कर नारायण खड्का ले संकलन गरेका गोरुहरु कुसुम तर्फ स्थानीयले फर्काएका थिए । दाङको राजपुर गाँऊपालिका मा केहि समय अघि ७ जना गोरुतस्करको मोटरसाईकल स्थानीयले जलाएका थिए तर उल्टै प्रहरीले हिन्दूबादी युवाहरुलाई पक्राउगरी गोरु तस्करुीमा साथ दिएजस्तो भएको हो । आज पनि दाङ जिल्ला भित्र र केहि बाहिरबाट संकलन गरी झापा बाट बंगलादेश पुर्याउन का लागि ७ वटा ट्रकहरु लाई अमिलिया प्रहरीले सजिलै सेटिङ्गमा पास गराएपछि रिसायका हिन्दूवादी धर्मभिरुहरुले भालुबाङ्ग मा गएर गोरुलाई रोकि गौशालामा लैजान लाग्दा प्रहरीले गोरु तस्करीलाई साथ दिएपछि झडप भएको खुलासा भएको हो । इन्सपेक्टर रविन्द्र राज पाण्डेको कमाण्डमा एसपि बेल बहादुर पाण्डेको निर्दैशनमा खटिएको प्रहरीटोलिले हिन्दू सेन्टिमेन्टमाथी खेलवाड गर्दै तस्करी रोक्न गएका धार्मीक अगुवा र स्थानीय माथि लाठि बर्षाएका थिए । र, त्यहि समाचार संकलन गर्न गएका पत्रकारहरु माथि पनि प्रहरुी कठोर बन्दै रविन्द्रराज पाण्डेको निर्देशन र प्रत्यक्ष संलग्नतामा समाचारका लागि खिचेका ४ वटा भिडियोहरु डिलिट गरियको पिडित पत्रका शिवु खनालले जानकारी दिनुभयो । “४ वटा भिडियोहरु डिलिट भयो, प्रिया स्मृति गजमेर र श्रीराम दहित लाई लाठि चार्ज गरीयो , धार्मीकगुरुहरुमाथि निर्घात लाठि प्रहारगरी घाईते बनाईयो ” खनालले भन्नुभयो । गोरु तस्करीको विषयमा सुचना संकलनका लागि लमही नगरपालिका वडा नं. ७ बनघुस्री पुगेका गणतन्त्र दैनिकका लमही प्रमुख शिवु खनाल र देउखुरी एफएमका स्टेशन म्यानेजर शिवराज खनाललाई ईलाका प्रहरी कार्यालय भालुबाङका ईन्पेक्टर पाण्डेयले सबैलाई भ्यानमा हाल भन्दै आफै पत्रकारलाई घसिट्न अघिसरेका थिए । पत्रकार शिवराज खनालका अनुसार पाण्डेले क्यामरा खोसेर भिडियो र फोटोहरु डिलिट गरेका हुन् । गोरु लोड गरिएका ६ वटा ट्रकहरुको भिडियो र फोटोहरु क्यामराबाट डिलिट गर्नुको साथै १५ मिनेट भन्दा बढि क्यामरा कब्जामा लिएर पत्रकारहरुको घाँटी समेत समाएर ईन्पेक्टर पाण्डेयले दुब्र्यवहार गरेका थिए । पाण्डेयले पत्रकारहरुबाट प्रेस आईडी समेत आफ्नो कब्जामा लिएको पत्रकार खनालले बताउनुभयो । ईन्पेक्टर पाण्डेयले भने कुनै पनि प्रकारको दुव्र्यवहार नभएको बताउनुभयो । सुरक्षाका लागि सामान्य विवाद भएपनि त्यसलाई दुव्र्यवहार भन्न नमिल्ने ईन्पेक्टर पाण्डेयले बताउनुभयो । बहुसंख्यक हिन्दूहरुको सेन्टिमेन्टलाई ख्यालनगरे अप्रिय घटना घट्नसक्ने जानकारहरु बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्