पुष ९ गते सोमबारको राशिफल



विक्रमसम्वत २०७५ साल पुष ९ गते सोमबार नेपाल सम्बत ११३९ थिंल्लागा तदनुसार सन् २०१८ डिसेम्बर २४ तारिक कृष्णपक्ष द्वितीया तिथि राती ८ वजेर ९ मिनेटसम्म उप्रान्त तृतीया तिथि,पुनर्वसु नक्षत्र राती ९ वजेर ५६ मिनेटसम्म उप्रान्त तिष्य नक्षत्र ,ब्रह्मयोग,तैतिलकरण,आनन्दादि योग धूम्र,सूर्य धनु राशीमा,चन्द्रमा अपरान्ह ४ वजेर १९ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा । आज पश्चिमको यात्रा शुभ देखिन्छ । काल राहु वायव्य र पाश आग्नेय दिशामा रहनेछ । यात्रा र युद्धमा यो विचार गर्नु पर्दछ । सम्मुख पार्नु हुदैन । काल दाया र पाश देव्रे उपयुक्त मानिन्छ ।

मेषः– लगनशिल भई काम गर्नु होला । अपरान्ह पूर्वको समय अनुकुल देखिन्छ । गरेका अधिकाँश काम सफल हुनेछन् भने साँझपख समय प्रतिकुल बन्नेछ । बन्न लागेका काममा अवरोध आउन सक्छ । अनावस्यक विषयलाई लिएर चिन्ता बढ्नेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । सहयोगी मित्र टाढा हुनेछन् । लगानीमा जोड नदिनु होला ।

वृषः– पूर्वान्ह समय ठीकै ठीकै देखिन्छ । कामले त्यति गति लिने छैन । अपरान्ह देखि समय अनुकुल बन्नेछ । काम गर्ने उत्साहा बढ्नेछ । पुराना काम क्रमश फस्र्योट हुदै जनेछन् । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । ठेक्का पट्टामा हात हाल्दा विचार पु¥याउनु होला । पढाईमा सामान्य सुधार आउनेछ ।

मिथुनः– पूर्वान्हमा काम गर्दा जति सहज हुनेछ त्यति मध्यान्ह पछि हुने छैन तर प्रयास र प्रयत्नहरु भने सफल हुनेछन् । गरेका प्राय काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । साँझपख संचित धनमा ह्रास आउनेछ । आफन्त नै भए पनि वित्तिय कारोवार गर्दा सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

कर्कटः– पूर्वान्ह समय त्यति अनुकुल देखिन्न । लगानीका काममा जोड नदिनु होला । अरुको भर विश्वासमा मात्रै पनि काम नगर्नु होला । अपरान्हबाट समयमा विस्तारै सुधार आउनेछ । काममा देखिएका समस्या कम हुदै जानेछन् । काम प्रतिको चासो बढ्नेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

सिंहः– समय प्रतिकुल बन्दै छ काममा ढिला सुस्ति नगर्नु होला । मध्यान्ह पूर्व गरेका गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भने अपरान्ह पछिको समय अत्यन्त प्रतिकुल देखिन्छ । जोखिम पूर्ण यात्रा नगर्नुहोला । आर्थिक कारोवारमा सावधान रहनुहोला । व्यापार अरोलो लाग्नेछ । अशुभ समाचार सुन्नु पर्नेछ ।

कन्याः–मनले चिताएका केहि काम बन्ने छन् । गरेका ७५ प्रतिशत काममा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा मिल्न सक्छ । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । नसोचेका ठाँउबाट सहयोग मिल्नेछ । वोलीको भरमा धेरै काम हुनेछन् । संचित धन बढ्नेछ । धन दिने काम भने नगर्नु होला ।

तुलाः– मध्यान्ह सम्म समय कमजोर देखिन्छ । कामले गति लिने छैन । के गर्ने के नगर्ने भन्ने अन्योलतामा नै समय जानेछ । भने अपरान्ह देखि समय थोरै अनुकुल हुनेछ । अवरुद्ध कामले विस्तारै गति लिनेछ । लगनशिलता र कार्य क्षमता बढ्नेछ । अविश्वास हटेर जानेछ । कुनै कुराको निर्णय लिनु पूर्व तयारी र अध्ययन आवस्यक देखिन्छ ।

वृश्चिकः– समयले पूर्ण साथ दिने देखिन्न । परिश्रमको मुल्य पाईने छैन । लगानी अनुसारको प्रतिफल पाउन गाह्रो हुनेछ । अपरान्हबाट भने समयमा सामानय सुधार आउनेछ । मानसिक तनावमा थोरै कमि आउनेछ तर कामले भने खासै गति लिने देखिन्न । नयाँ काममा हात नहाल्नु होला । अरुको काममा समय बढि लगानी हुनेछ । दान दिनुपर्ला ।

धनुः– कुनै काम गर्नु छ भने समयमा गर्नु होला । पूर्वान्हमा गरेका धेरै जसो काम सफल हुने देखिन्छ । अपरान्ह देखि भने समयले कम साथ दिनेछ । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । अशुभ समाचार सुन्नु पर्नेछ । काममा ढिला सुस्ति हुनेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

मकरः– मायाँ मोहमा कुनै काम हुने छैन । आफन्तबाट तपाई माथि आर्थिक चलखेल बढि हुनसक्छ । मुद्धा मामिलामा जीत हुनेछ । अपरानह देखि समय थोरै अनुकुल हुनेछ । दैनिक काम काज अगाडि बढ्नेछन् । नयाँ परिस्थितिको सृजना हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । आयत निर्यात व्यापारमा सुधार आउनेछ ।

कुम्भः–सोचे जस्तो कहि कतै हुने छैन । साना साना काम सम्पन्न गर्न पनि धेरै संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भय आतुरमा काम नगर्नु होला विग्रिने छन् । विरोधीको सामना गर्नु पर्ला । कार्य गोपनियता अप्नाई काम गर्नु होला । काम गर्ने सहज बातावरण बन्ने छैन । शैक्षिक मार्ग थोरै खुल्नेछ ।

मिनः– आशा,भरोसा र संग्रह मिथ्या सवित हुने देखिन्छ । उचित समयामा सहि निर्णय लिन नसक्दा अवसर फुत्किने सम्भावना त्यत्ति कै देखिन्छ । सतर्क रहनुहोला आफ्नो काममा अरुले अधिकार जमाउन सक्छन् । घरयासी समस्याले सताउनेछ । काममा सहजीकरण गरिदिने कोहि हुने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । शैक्षिक मार्ग कमजोर देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्