इन्डोनेसिया सुनामी : मुत्यु हुनेको संख्या १ सय ६८ पुग्यो (अपडेट)



इन्डोनेसिया – इन्डोनेसियामा शनिबार राति आएको सुनामी र ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेकाे संख्या १ सय ६८ पुगेकाे छ। यस्तै ७ सय ४५ बढी घाइते भएका छन्।

इन्डाेनेसियाकाे जावा र सुमात्राका गाउँहरुमा सुनामीले बढी क्षति पुर्याएकाे छ। सबैभन्दा बढी पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ मा मानवीय र भाैतिक क्षति पुगेकाे छ। ज्वालामुखी विष्फाेटका कारण सुनामी अाएकाे हुनसक्ने त्यहाँका अधिकारीले अनुमान गरेका छन्।

इन्डाेनेसियाका राष्ट्रपति जाेकाे विडाेडाेले घटनाबारे दु:ख व्यक्त गर्दै उद्धारमा कुनै कमि हुन नदिन सम्पूर्ण सरकारी अधिकारीहरुलाइ निर्देशन समेत दिएका छन्। इन्डोनेसिया विगत लामो समयदेखि ज्वालामुखी, भूकम्प र सुनामीको चपेटामा पर्दै आइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्