तुलसीपुर नगर जेसीजको सम्मान



सैघाली खबर
दाङ , साउन २१


तुलसीपुर नगर जेसीजले आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि बिभिन्न संघ संस्थामा निर्वाचित पदाधिकारी एव सदस्यहरुलाई सम्मान गरेको छ । तुलसीपुर नगर जेसीजका अध्यक्ष बिमल पौडेलको अध्यक्षता तथा तुलसीपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजालको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर नगर जेसीजले तुलसीपुरको बिभिन्न क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नु भएको थियो । पछिल्लो समयमा जेसीजका युवाहरु तुलसीपुरमा हुने बिभिन्न गतिविधिहरुमा सहभागि भएको भन्दै सामाजिक सेवामा युवाहरुले योगदान गरेको भन्दै सदैव सक्रिय रुपमा लाग्न सुझाव दिनुभयो ।
सो अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघ , रोटरी क्लव , रोटर्याक्ट क्लव तथा लायन्स क्लवका पदाधिकारी एव सदस्यहरु , त्यसैगरि तुलसीपुर नगर विकास समतिका अध्यक्ष तथा राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिका कार्यालय प्रमुखलाई सम्मान तथा बधाई दिईएको थियो ।
सो अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विर बहादुर रावत , जेसीजका निर्वतमान अध्यक्ष सुर्य प्रसाद शर्मा , रोट्रयाक्ट क्ल्वका सचिन पौडेल , नगर विकास समितिका अध्यक्ष यज्ञ बहादुर केसी , लायन्स क्लवका अध्यक्ष राजेन्द्र श्रेष्ठ ,रोटरी क्लवका तुफान बावु श्रेष्ठ , महिला अधिकारकर्मि सुष्मा गिरी लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रम संयोजक चेतकान्त कडेलको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन महासचिव दिपेश भण्डारिले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्