समाज

तरकारीमा नुन चर्को हुँदा के गर्ने ? यी ४ उपाय अपनाउनुहोस !

By थाहा अनलाइन

December 24, 2018

काठमाडौ ।के तपाइको घरमा कुनै समयमा यस्तो भएको छ ।जब पाहुना आएको बेलामा तपाइले उनीहरुको सम्मानका लागी निकै मिठो तथा स्वादिष्ट खाना अथवा विभिन्न परिकार पकाउदा खोज्दा त्यही दिन नै त नुन चर्को भएको त छैन ।तर यस्तो अवस्थामा तपाइ के गर्ने भन्ने कुराले चिन्तामा त पर्नुभएको थियो कि ।

साथै ती सबै खानेकुरा फ्याकेर अर्को नया खाना पो पकाउन सुरु गर्नुभयो कि ।अब त्यस्तो अवस्थामा तपाइ गुर्जनु भएको छ भने चिन्ता नलिनुहोस ।अब हामी गर्दिनेछौ तपाइको खानाको बचतका साथै समयको पनि बचत ,यदि यसो गर्नुभयो भने तपाइको पाहुनाको पनि सम्मान हुन्छ र परिकार पनि खेर जार्दैन ।यो तरिका अपनाउनुहोस।

पहिलो एकदमै उपयुक्त उपाय भनेको तरकारीमा नुन बढी भएको अवस्थामा आलुलाई काटेर मसिनो टुक्राहरु नुन बढी भएको तरकारी र दालमा राख्नाले नुनिलोको मात्र कम हुन्छ ।तर पूर्ण रुपले नुनिलोको समस्या समाधान नभएता पनि नुनिलोलाई केहि मात्रामा कम गराएर हल्का सहजता दिलाउछ ।

 

त्यसैगरी दोस्रो उपाय आँटाको पिठोलाई प्रयोग गरेर पनि तरकारीमा नुनिलो घटाउन सकिन्छ। यसको लागि नुन चर्को भएको तरकारी अथवा दालमा आँटाको डल्ला बनाएर राख्न पर्ने हुन्छ।

त्यसैगरी तरकारी र दालमा दहि मिसाउनाले पनि नुनिलोको मात्र केहि हदसम्म कम गर्न सक्छ। नुन चर्को भएको तरकारीमा दहि मिसाउँदा तरकारीको स्वादमा पनि केहि परिवर्तन आउन सक्छ। तर नुनको मात्रा पनि केहि हदसम्म कम गराउन दहि सहयोग हुन सक्छ ।

त्यसैगरी अर्को धेरै प्रयोग हुने उपयुक्त तरिका भनेको नुन चर्को भएको तरकारी र दालमा कागतीको प्रयोग धेरै उपयोगी हुन्छ । यसरी तरकारीमा कागतीको रस मिसाउनाले नुनिलो कम हुने मात्र नभई तरकारीको स्वादमा पनि परिवर्तन ल्याउन सक्छ ।यसकारण यी उपायले तपाइको खानको स्वाद परिवर्तन गराइ तपाइको परिवारको शिष्टता बढाउछ ।