सौन्दर्यका लागि पुदिनाको जुस, यसरी प्रयोग गर्नुहोस



पुदिनाको प्रयोग नेपालीहरुका लागि नौलो होइन । यसलाई चटनी बनाउन तथा पेट खराब दुँदा वा दुख्दा पानीसंग प्रयोग गर्ने गरिन्छ । पुदिनालाई पानीसंग मिसाएर वा जुसका रुपमा पनि प्रयोग गर्न सकिन्छ र यसका फाईदा अनगिन्ती छन् । यसमा रहेको पोटासियम, म्याग्नेसियम, क्याल्सियम, आइरन, फोस्फोरस र भिटामिन सी जस्ता पोषक तत्वले शरीरलाई डिटक्स गरेर शुद्ध र फुर्तिलो बनाउँछ । छाला तथा कपालको सौन्दर्यका लागि पनि पुदिनाको महत्व ठुलो छ । यसले हाम्रो अनुहार र कपालमा देखिएका धेरै मस्या समाधान गर्छ । अनुहारमा निखार ल्याउँछ ।

तनावबाट मुक्ति
पुदिनाको पातलाई पानीमा उमालेर छान्नुहोस । त्यसपछि पिउनुस् ।पदिना यस्तो जडिबुटी हो, जसमा धेरै गुण हुन्छन् । पुदिना र कागती मिसाइएको पानीमा आफ्नो खुट्टा राख्नुभयो भने तनाव कम हुन्छ । त्यस्तै, शरीरमा उर्जा मिल्छ । पुदिनामा एन्टिब्याक्टेरियल गुण हुन्छ । जसले गर्दा तपाईँको खुट्टामा रहेका कीटाणुहरु मर्छन ।

गर्दन सफा राख्छ
यदि धुलो र मैलोका कारण तपाईको गर्दन कालो भएको छ भने पुदिना त्यसलाई सफ ागर्नका लागि महत्वपुर्ण हुन्छ । तपाईँले पुदिना मिसाइएको पानीले गर्दन धुनुभयो भने यसमा चमक फर्कनेछ । यसले प्राकृतिकटोनरको काम गर्छ । यसका लागि पुदिनाको पानीमा कटन भिजाउनुस् र गर्दनमा लगाउनुस्। क्ेही समय राखेपछि गर्दन धुनुहोस् । दुई हप्तामा एकपटक यस्तो गर्नुभयो भने बिस्तारै–बिस्तारै तपाईको गर्दनको कालो र– हटेर जानेछ । गर्दनमा पुरानो चमक फर्कनेछ ।

कालो पोतोबाट मुक्ति
धुलो र प्रदुषणका कारण तपाईँको अनुहारमा कालो पोतो जम्मा हुन्छ । पुदिनाको पत्ता र बेसारमा हल्का पानी मिसाएर पेस्ट तयार गर्नुहोस । त्यसलाई अनुहारमा लगाउनुस् । १५ मिनेट सुकाउनुस् । त्यसपछि हातले हल्का रगड्नुस । यसो गर्दा अनुहारमा देखिएको कालो पोतो सफा हुन्छ ।

कपाल चिलाउने समस्या
कपाल चिलाउने समस्याबाट ग्रस्त हुनुहुन्छ भने पुदिना राम्रो विकल्प हुन सक्छ । पुदिनामिश्रित पानीले कपाल मालिस गर्नुहोस् वा धुनुहोस । यसमा रहेको एन्टिफंगल र एन्टिब्याक्टेरियाको गुणले कपालमा रहेको इन्फेक्सनलाई कम गर्छ । तपाईँको कपालमा चाया छ भने पनि पुदिनाको पानीले कपाल धुन सक्नुहुन्छ । यस्ता ेरै समस्या पुदिनाले हटाउँछ ।

पिम्पल्सबाट मुक्ति
तपाइँको अनुहारमा पिम्पल्स आएको छ र दुखित हुनुहुन्छ भने पुदिनाको जुसमा सोडा मिसाएर लगाउनुस् । केही समयपछि चिसो पानीले धुनुहोस् । केही दिनसम्म यसो गर्नाले पिम्पल्स कम भएर जान्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्