जिल्ला समन्वय समिति दाङको प्रमुखमा नेपाली र पुनको उम्मेद्वारी



आज दिनभर के के भयो दाङमा ?

प्रमुख पदका उम्मेद्वार जितेन्द्रमान नेपाली र रेमन्ता पुन

सैघाली खवर
दाङ २१ साउन । आउँदो साउन ३२ गते हुने जिल्ला समन्वय समिति दाङको प्रमुखमा एमालेका जितेन्द्रमान नेपाली र माओवादी केन्द्रका तर्फवाट रेमन्ता पुनको उम्मेद्वारी परेको छ । उपप्रमुखमा माओवादी केन्द्रका तर्फवाट श्रीधर शर्मा पौडेल र नेपाली काङग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी परेको छ । एमालेले उपप्रमुखमा र काङग्रेसले प्रमुखमा उम्मेद्वारी दिएका छैनन् ।

यसैगरी सदस्यहरुमा नेकपा एमालेका जक्तबहादुर बस्नेत, देवीलाल थारु कुमाल, माओवादी केन्द्रका तर्फवाट खिमबहादुर घर्ति, नेपाली काङग्रेसवाट विनोद पाण्डे, लोकीकुमारी वि.क.को उम्मेद्वारी परेको छ ।

यसैगरी दलित सदस्यमा माओवादी केन्द्रका वसन्त सार्कीको मात्र उम्मेद्वारी परेको छ । महिला सदस्यहरुमा नेकपा एमालेका तर्फवाट तिलाकुमारी बुढा र सावित्रि रिजाल, नेकपा माओवादी केन्द्रका शुभद्रा भण्डारी र नेपाली काङग्रेसका तर्फवाट इन्द्रकुमारी घर्तिको उम्मेद्वारी परेको छ ।
जिल्ला समन्वय समिति एक प्रमुख, एक उपप्रमुख गरि ९ सदस्यीय हुने छ ।

के भयो आज दिनभर जिल्ला समन्वय समिति परिसरमा

जिल्ला समन्वय समितिका लागि उम्मे्दवारी दिने दिन शनिवार दाङमा राजनीतिक घटना क्रम फेरवदल भइरहेको एक पछि अर्को चर्चा चलिरह्यो । कारण थियो नेकपा एमाले । एमालेको एक पक्ष दिनभर नेपाली काङग्रेससँग वार्तामा रह्यो भने एक पक्ष माओवादी केन्द्रसँग ।
नेकपा एमाले र माओवादी केन्द्र विच गएको असार २३ गते सवै स्थानीय तहमा तालमेल गर्ने सहमति भएको थियो । सोही अनुसार उपमहानगर, नगर र गाउँपालिकाहरु गठन पनि भइसकेका छन् । शनिवार पनि माओवादी केन्द्र र एमालेको एउटा पक्ष त्यहि अनुसार तयारी गरेर उम्मेद्वारी दिन जिल्ला समन्वय समितिको कार्यालय पुगेको थियो ।

एमाले र माओवादी विच गएको असार २३ गते भएको सम्झौता

एक्कासी एमाले इन्चार्ज मेटमणि चौधरी समूहले माओवादीसँग भएको सम्झौता तोड्दै नेपाली काङ्ग्रेससँग

एमाले र माओवादी विच गएको असार २३ गते भएको सम्झौता

तालमेलका लागि वार्ता बसिरहेको भन्ने खवर अयो । यस्ले माओवादीलाई झस्कायो । केहि क्षणमै एमाले र काङग्रेस विच आन्तरिक सहमति समेत गरेको चर्चा बाहिर आयो । एक स्रोतले बताए अनुसार सो सम्झौता अनुसार जिल्ला समन्वय समितिमा नेपाली काङग्रेसले प्रमुखमा एमालेलाई सहयोग गर्ने र उपप्रमुख आफूले लिने सहमति भयो । यसैगरी दाङ जिल्ला उद्योग वाणिज्य संघमा अध्यक्ष एमालेलाई दिने र नेपाल वार एशोसियशन दाङमा काङग्रेसलाई अध्यक्ष दिने सहमति भएको थियो ।

सो हल्ला सेलाउन नपाउँदै उता नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का पक्षधर र माओवादी केन्द्र विच पुनः वार्ता सुरु भयो । एमालेको दुवै पक्ष विभिन्न चरणमा काङग्रेस र माओवादी केन्द्रसँग निरन्तर वार्तामा रह्यो ।

खड्का पक्षधर माओवादी केन्द्रसँग पुरानो सहमति कार्यन्वयन गर्ने पक्षमा थियो भने चौधरी पक्षधर काङग्रेससँग सहकार्य गर्ने अडानमा । एमालेको दोहोरो चरित्रका कारण नेपाली काङग्रेस र माओवादी केन्द्र वार्ता सँगसँगै आन्तरिक तयारीमा पनि लागि रहे ।
एमालेसँगको सहमति कार्यन्वयन हुने विश्वासमा रहेको माओवादी केन्द्र नेतृत्वले वार्ता जारी राख्दै आन्तरिक तयारी पनि गरिरह्यो । दिउँसो

उपप्रमुखमा मात्र उम्मेद्वारी दिएको माओवादी केन्द्र नेतृत्वले उम्मेद्वारी दिने अन्तिम समयमा आएर प्रमुखमा पनि उम्मेद्वारी दिने आकस्मिक निर्णय लियो र रेमन्ता पुनलाई प्रमुख पदमा उम्म्दवारी दियो ।

 

को सँग को मिल्दा के हुन्छ ?

गाउँपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मात्र भोटिङ अधिकार रहेको जिल्ला समन्वय समिति निर्वाचनमा नेकपा एमालेका तर्फवाट १० जना, नेपाली काङग्रेसका ८ जना र माओवादी केन्द्रका २ जना मतदाता रहेका छन् ।

नेपाली काङग्रेस र एमाले मिल्दा १८ भोट सहित स्वतः बहुमत पुग्छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्द १२ मत यो प्यानलसँग हुन्छ । उता नेपाली काङग्रेस र माओवादी केन्द्र मिल्दा १० भोट हुने र सवै पदमा वरावरी भोट खस्ने सम्भावना छ । त्यसकारण नै नकपा एमाले र नेकपा माओवादी केन्द्रले असार २३ गते नै सहमति गरेका थिए ।

माओवादी केन्द्रसँगै एकता हुन्छ ः खड्का

नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले आफ्नो फेसवुक वालमा लेख्नुभएको छ ः

एमाले दाङका अध्यक्ष टीकाराम खड्काको फेसवुक स्टाटस

मैले सुने भ्रमपूर्ण समाचार झुट खबर । सम्पूर्ण मिडियाकर्मी नागरिक समाज र राजनितिक दलका मित्रहरू २०७४ असार २३ गते नेकपा एमालेको जिल्ला कार्यालयमा हाम्रो पार्टीको आयोजनामा सम्पन्न बैठकबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र जिल्ला समिति दाङको बिचमा स्थानीय तह कार्यपालिका र जिल्ला समन्वय समिति निर्वाचनमा दुबै पार्टी बिचमा तालमेल गर्ने सहमति भई गढवा, राजपुर शान्तिनगर दंगिशरण तुल्सीपुर र बबईमा सहमति अनुसार निर्वाचन संपन्न भै सकेको छ ।

उक्त निर्वाचनले हाम्रो पार्टी पक्षमा दाङमा सकारातमकपरिणाम प्राप्त भै सकेको छ अब हुने जिल्ला समन्वय समिती को निर्वाचन मा पनि नेकपा एमाले र नेकपा एमाओवादी केन्द्र दाङको दुबै पार्टीको सहमति बमोजिम नै जाने कुरा कुनै शंका छैन । हाम्रो पार्टी जिल्ला कमिटीको निर्णय र निर्देशनलाई कायान्र्वयन गर्न सबै मतदाता मित्रहरूलाइ भोट खसाल्न सबैमा अनुरोध गरिन्छ । जिल्ला कमिटीको निर्णय बिपरित कसैले कार्य गरेमा हदैसम्मको कार्वाही हुनेछ । प्रचारमा आएको जस्तो कुनै सझौता नभएको कुरा जानकारी गराउद छु । जिल्ला कमिटीको अनुमति बिना अनाधिकृत कसैले संझौता गर्ने नसक्ने ब्यहोरा अबगत गराइन्छ ।

यस विषयमा एमाले दाङका इन्चार्ज मेटमणी चौधरीसँग प्रतिक्रिया लिन खोज्दा उहाँको फोन उठेन ।

सहमति कार्यन्वयनमा प्रतिवद्ध छाँै ः एमाले र माओवादी केन्द्र

माओवादी केन्द्र र एमाले शनिवार निकालेको संयुक्त विज्ञप्ती

शनिवार अवेर माओवादी केन्द्रका जिल्ला इन्चार्ज जीवन गौतम र एमाले दाङका कार्यवाहक अध्यक्ष हुकुम वस्नेतले एक संयुक्त विज्ञप्ती जारी गरि दुवै पार्टी विगतमा भएको स्म्झौता कार्यन्वयनमा प्रतिवद्ध रहेको जनाएका छन् । दुवै पार्टीले बाहिर हल्ला आएका कुराहरु भ्रमपूर्ण भएको भन्दै यस्ता हल्लामा नपर्न सवैमा अनुरोध गरिएको छ ।

विज्ञप्तीमा दुवै पार्टीको प्रमुखमा जितेन्द्रमान नेपाली, उपप्रमुखमा श्रीधर पौडेले शर्मा र सदस्यहरुमा जक्तबहादुर बस्नेत, देवीलाल थारु कुमाल, खिमबहादुर घर्ति, वसन्त सार्की, तिलाकुमारी बुढा र सावित्रि रिजाल, शुभद्रा भण्डारी नै आफूहरुको आधिकारीक उम्मेद्वार भएको उल्लेख छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्