भैसीको छाला व्यापार रोकियो, संकटमा छाला जुत्ता



गोविन्द खड्का,
भैसीको मासु कटाउनु भन्दा घोराही १८ फुर्सेखालीका दलु बुढालाई त्यसको छाला हटाउनु धौ लाग्छ । अघिल्लो वर्ष सम्म एउटा भैसिको छाला एक हजार मुल्य पर्दथ्यो । अहिले विक्न छोड्यो । कतै भैसी काटेको सुन्यो नै छाला किन्नेहरुले हान थाप गर्थे । आफै गएर छाला उठाई ल्याउँथे । बोरामा हालेर राखिदिए झनै खुशि हुन्थे ।

काट्नेहरुलाई पनि छाला फाल्न सजिलो थियो । भैसी काट्न बसेकाहरुलाई सेफ मा वस्दा नास्ता पानी खान पनि प्रशस्तै पुग्थ्यो । मासु वाट सुरा पुरा भयो भने पनि छालाले दाउली फुकाउने र नास्तापानी सजिलो हुन्थ्यो । अहिले रोकिएको छ । डोका बनाउन लैजाउ भन्दा पनि मान्दैनन् । गाड्ने ठाउँ पनि भेटिन्न । मुश्किल भएको छ ।

यसरी छाला बेच्नेलाई मात्रै अफ्ठेरो छैन । छाला प्रशोधन केन्द्रहरु पनि धरासायी हुने अवस्थामा छन् । छालाको विक्री ठ्याम्मै रोकिएको दंगाली सु मेटेरियल सेन्टर घोराहीका सोमराज रैदास बताउनुहुन्छ । राप्ती अञ्चलका सबै ठाउँमा पठाउन सकिने गरी दुई वर्ष अघि देखि विभिन्न मेसिन भित्रयाएर कारखाना चलाईएको छ । उत्पादनको मात्रा गुणात्मक ढंगले बढेको छ । बिभिन्न स्तर र डिजाईनका जुत्ता पाईन थालेका छन् । छाला उत्पादन र प्रशोधन घटेको छ ।

तेस्रो मुलुकमा छाला पठाउने बाटो भारतले अवरोध गरेपछि समसया सिर्जीएको व्यवसायीहरु बताउँछन् । व्यवसायी रैदासका अनुसार करिब एक अरबको प्रशोधित छाला दश महिना जति भारतीय भन्सारमा रोकियो । विभिन्न निहु खोजेर कन्टेनर थन्काईदियो । लामो समय सम्म ईजाजत नपाएपछि भाडा तिर्नै नसकिे व्यापारी भागे । त्यस लगतै छाला पैठारीको कार्यक्रम ठ्याम्मै रोकिएको छ । रैदासका अनुसार विरगञ्जको प्रशोधन कारखाना धरासायी हुने अवस्थामा छ ।

अहिले रेग्जीनले बजार लिएको छ । रैदासका अनुसार नेपाली छाला विस्थापित गर्दै देख्दा चिल्लो, हेर्दा राम्रो चाईनीज उत्पादन रेग्जीनले एकलौटि बजार कब्जा गर्ने सम्भावना बढेको छ । नेपाली छाला नेपालमै खपत कम भयो । विदेश जान छोड्यो । त्यसैले बिक्री रोकिएको छ । अघिल्लो बर्ष भैसी काटेको ठाउँमा छाला खोज्न कर्मचारी पठाईन्थ्यो । अहिले संकलन रोकिएको छ ।

दश १२ जना मजदुर राखेर दैनिक ५० जोडा जति जुत्ता उत्पादन गरेको रैदालसले जानकारी दिनुभयो । कामदार नपाईने र छालाका जुत्ता विक्रीमा कमि आउने जस्ता कारणले समएया आएको छ । अहिले उद्योगले प्रचारको चरण पार गरेको छ । ग्राहक बढिरहेका छन् । यति बेलाको ग्राहकले आकर्षक बस्तु चाहन्छन् । गत करीब १२ बर्ष अघि देखि व्यवसाय गरेर अनुभव संगालेका रैदासले उद्योग चाडै फस्टाउएको बताउनुहुन्छ । समस्या नयाँ सिर्जना भएको छ ।

दंगालि यहि हो ? भनेर सोध्ने ग्राहकपनि आउँछन् । कतिले दंगाली भनेपछि मात्रै विश्वास गर्छन् । त्यसकारण पनि ब्राण्ड बनेको छ । नयाँ जुत्ता संगै सोल चिप्काउने, छाला वाफि, पम्प प्रेसर, सोल ग्रमर गाएत हरेक काम मेसिन बाटै हुन थालेको छ । युवालाई चाहिने रागेपाटे देखि पाकालाई चाहिने चुच्चे पार्टिसुजहर पनि तयार हुन्छन् । लेडिज जेन्स फरक शोरुम बनाएर विक्रि वितरण गरीन्छ ।

विद्यालयका पोषाकका जुत्ता, लगाएत माग अनुसार छाला, कपडा, रेग्जीन, माईक्रो लगाएत बाट जुत्ता तयार गरीने कारखानाका सञ्चालक रैदासले जानकारी दिनुभयो । वुटवल र काठमाण्डौ जुत्ता किन्नलाई जानै नपर्ने गरी कलकत्ता, आग्रा लगाएत बाट मिस्त्री झिकाएर कारखाना चलाएको जानकारी दिनुभयो । माग आए जेनेरेटरको पनि सुविधा भएकाले समयमै पुरा गर्न सकिने बताउनुभयो । छालाको कारोवार वनद भएर सिंगै उद्योगमा समस्या ल्याएको जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्