गोविन्द खड्का
घोराही ।
जुठो फाल्न लोभ लाग्यो, चारवटा वच्चाले खसालेको खेर्दा मात्रै थुप्रो लाग्थ्यो । त्यसलाई लगलाउने उपाए बुंगुर पालन निश्यिो । घोराही सिस्ने खोलाका गकुली घर्तिमगरले एउटा बुंगुर ल्याएर पाल्न शुरु गर्नुभयो । अहिले आठ बर्ष पुग्दा वुंगुर पालन उहाँको मुख्य पेशा बनेको छ ।
आठ महिना पालेर बेच्दा छ हजार पैसा आयो । खेर गएको जुठो बाट पनि पैसा कमाउन सकिने रहेछ भन्ने विश्वास पैदाभयो । घर्तिका अनुसार श्रीमान् सन्तबहादुर घर्ति संग सल्लाह गरेर फर्म दर्ता गराउने निष्कर्ष निकालीयो ।
सिस्ने खोलाको किनारामा खोर बनाएर पाल्ने गरी विश्वास बुंगुर फर्म दर्ता गरीयो । त्यसैलाई पेशा बनाएर खटन पटन शुरु भयो ।
घर घरै एउटा दुईटा बुंगुर पालेका देखेर तरकारीका बोक्रा, सडेगलेका फलफुल खुवाउन पालेको बुंगर केहि बर्षमै चार पाँच वटा भए । डुरुवाको ड्वाङपुर पुगेर एकै पटक पाँच वटा किनेर ल्याउनुभयो ।
त्यसपछि छुटै खोर बनाएरै पालीयो । अहिले ठुलै टहरो बनाएर २७ वटा माउ, तिन वटा वेलन र काट्नका लागि छुट्याईएका आठ वटा खोरमा छन् ।
बुधवार विहान सम्म १३ वटा बच्चा छन् । हुने रैच भनेर पालेको बुंगुर छोटै समयमा साँच्चै भयो ।
अहिले बर्षमा पाँच सय बढि पाठा मात्रैविक्रि हुन्छन् ।
एउटाको चार देखि पाँच हजार सम्म मूलय पर्छ । पक्की खोरमा माउ छन्, बाँसले बारेको कच्ची खोरमा काट्न लैजाने बुंगुर छन् ।
तिनको गन्ध बाहिर फैलिएको छैन । न त च्वाँ च्वाँ गर्ने ध्वनीले नै कतै खराब गरेको छ । खोलाको नजिक अछटै छन् । घोर पनि सफा सुग्घर बनाएर राखिएको छ ।
बेला बखत फुट्कर बेच्नेले भाउ तल माथि बनाउँछन् । अन्यथा प्रति धार्नी छ सय रुपैयामा विक्रि हुन्छ । एउटा पाठ चार देखि पाँचहजार पर्छ । बर्षमा पाँचसय बढि पाठा विक्रि हुन्छन् ।
बजारको चिन्ता छैन खाने मान्छेहरुको संख्या बढिरहेको छ । घर लैजाने र प्लाष्टिकमा देखाउँदै मासु बोक्न मात्रै लजाउँछन् । पकाएकार लुकालो सुटुक्कै खान कुनै जातले रोक्दैन ।
घिन र दुःख नमान्नेहो भने यो पेशा बाट मनग्य कमाई हुन्छ । खास्सै मेहनत छैन ।
पाल्न अवरोध गर्ने संस्कार भने जटिल छ ।
बस्तिको नजिक पाल्न खोज्यो भने छिमेकि चिल्लाउँछन् । गन्ध आयो । फोहर भयो भन्छन् । कतिपय ठाउँहरु बुंगुर पालन निषेधै गरिएका छन् ।
अझ अनौठो कुरा पशु प्राविधिकहरु खोरमा जान घिनाउँछन् । अलग्गै नाक थुनेर उभिन्छन् यसो उसो गर भनेर फर्किन्छन् । खोर भित्र गएर सुई लगाउने त परै जावस् पस्न सम्म मान्दैनन् ।
उनिहरुलाई पनि जात र संस्कारले हच्काउँछ । नजिक जान चाहन्नन् । हेर्न गएको फिस भने पुरै असुल्छन् । गतिलै तलव दिँदा पनि खोरमा काम गर्ने कर्मचारी नभेटिने अर्को खतरा छ । काम गर्नै मान्दैनन् । एक दुई महिना गरेर भाग्छन् ।
खोरमा गए रोग लाग्छ भन्ने सोँच गलत हो । घर्तिका अनुसार पाठा पाउँदा रातैभरी खोरमा बस्नुपर्छ । साँझ बाट शुरु भएको विहान सम्म पनि व्याउँछन् । पाएपछि नाल काट्ने, दाँत काट्ने, धागोले बाँध्ने, पुच्छने, समाउने सुतिका कपडा तयारी अबस्थामा राख्नुपर्छ ।
आफु सुत्केरी हुँदा जस्तै स्याहार गर्नुपर्छ घर्तिले भन्नुभयो, łनत्र पाठा च्यापेर मार्ने, आफै मर्ने खतरा हुन्छ ।
उहाँका अनुसार तिन चार दिन सम्म खोरमा बास बस्नुपर्छ । जति बेला पाठाहरु आफ्नो ज्यान बचाउन सक्छन् । त्यसपछि मात्रै छोड्न हो । एउटा बुंगुरले १७ महिनामा तिन पटक पाठा पाउँछ ।
शुरुमा एउटा दुईटा पाउँछ विस्तारै पन्ध्र वटा सम्म पनि पाउँछ । चार पाँच बर्ष सम्म धेरै वेत गर्छ । त्यसपछि बुढी माउलाई मासुमा कटाउने हो ।
चारोको पनि उत्तीकै समस्या छ । घर्तिका अनुसार जुठो मात्रै खाएको वुंगुरको मासु उपयुक्त स्वादको हुन्न । कुखुराको दानामा बढि भिटामिन हुन्छ पचाउन सक्दैनन् ।
गाई भैसीलाई खाने दाना प्रयोग हुन्छ । बुंगुरको दाना मात्रै खुवाउने हो भने त जेव बाट निकाल्नुपर्छ घर्तिले भन्नुभयो, सरकारले सहुलियताको दाना दिएपछि पेशा फस्टाउने थियो उहाँका अनुसार पशु प्राविधिक बोलाउँदा अनुनय विनय गर्नुपर्ने टन्टा हटाउने हो भने पनि धेरै सुविधा पाईने थियोे ।
सरकारले पिक पार्क घोषणा गरेर वुंगुर व्यवस्थापन गर्नु पर्ने घर्ति परिवारले संगालेको अनुभव छ । पार्कमा दाना सहित सबै किसिमको व्यवस्था गर्ने, बुंगुरको मासु खाने र छुन घिन नमान्ने प्राविधिक कर्मचारी खटाउने गर्नुपर्छ ।
थप खोर निर्माण र व्यवस्थापनमा सरकारले लगानी गरे पेशा गर्न उत्साहीत रहेको बताए ।
अहिले वातावरणीय रुपमा पनि उचित स्थानमा शुरु गरेको भन्दै आठ दश जनालाई रोजगार दिने गरी वुंगुर पालन पेशागर्न खोजेको सुनाउनुभयो । उहाँका अनुसार आफ्नै लगानीले भने सबै काम गर्न सम्भव छैन । अहिले सम्मको विकास पनि साना किसान बाट ऋण ल्याएर व्यवस्थापन गरिएको होे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।