महिनामा ५ जना गर्भवती बनाउँने यी हुन् संसारकै लोकप्रिय वीर्यदाता



२७ वर्षका केल गर्डीलाई संसारकै सबैभन्दा लोकप्रिय वीर्यदाता मानिन्छ । सबैभन्दा रोचक कुरा, उनी हरेक महिना ५ महिलालाई गर्भवती बनाउँछन् । हालै डेली मिररले यी ह्याण्डसम वीर्यदाताको बारेमा कैयौं रहस्य खुलाएको छ ।

डेली मिररसँग कुरा गर्दै केलले आफू २३ वर्षको उमेरमा कसरी वीर्यदाता बने भन्ने खुलाएका छन् । अहिले केललाई वीर्य दानका कैयौं अनुरोध आउँछन् । उनी आफ्नो सम्बन्धबाट दिक्क भएपछि वीर्यदाता बनेका थिए ।

अमेरिकाको लस एन्जल्सका केल ४ वर्षमा १८ बच्चाको पिता बनिसकेका छन् । उनी संसारभरका एकल महिला र गर्भवती हुन कठिन भइरहेका जोडीको मद्दत गर्छन् । करिब ४ वर्ष पहिले केलले फेसबुकमा वीर्यदानको विषयमा एउटा पेज बनाएर पोस्ट गरेका थिए ।

केही समयमै उनको पेज चर्चित भयो र उनको वीर्यको माग बढ्न थाल्यो । केलका अनुसार उनी पढेलेखेको परिवारका हुन् । उनका पिता वकिल हुन् र आमा सफ्टवेयर प्रोग्रामर हुन् ।

त्यसैले उनीमा वकिल र सफ्वेयर इन्जिनियर दुवैका जीन छन् । यसका अलावा उनी ह्याण्डसम छन् जसका कारण उनीबाट जन्मिने सन्तान दिमागले तेज र सुन्दर हुन्छन् ।

केलका अनुसार उनलाई हरेक महिना १०० भन्दा बढी वीर्यदानका माग आउँछन् । तर, उनी दुईदेखि ५ जनाको मात्र माग पूरा गर्छन् र यो काम निःशुल्क गर्छन् । अहिले उनका ग्राहक १८ वर्षदेखि ४२ वर्षसम्मका महिलाहरु छन् ।

उनको पहिलो ग्राहक भने दम्पती थिए जसका ४ वर्ष र १४ महिनाका दुई सन्तान छन् । यी दुवै बच्चा केलकै हुन् । केलका अनुसार एकल महिलाहरुलाई उनी वीर्य दिन्छन् जसलाई उनीहरु सुइको माध्यमबाट पाठेघरमा राख्छन् । केही महिला भने उनीसँग यौन सम्पर्क गरेरै गर्भवती हुन चाहन्छन् जुन माग उनी पूरा गरिदिन्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्