प्रेमिकाले आफ्नो प्रेमीलाई देखाउछन् यी ४ नखरा !! बच्ने कि?



प्रेम गर्ने हो भने प्रेमिकाको नखरा झेल्न पनि मानसिक रुपमा तयारै रहनुपर्छ किनभने नखराविहीन प्रेमिका पाउन मुस्किल मात्र हैन असम्भवै छ ।

मलाई हेर
ड्रामा क्विन युवतीहरुले प्रेमीलाई बारम्बार मलाई हेरी राख भनेर हैरान बनाउन सक्छन् । उनीहरु यताउता हेरेको त्यत्ति मन पराउँदैनन् । सपिङको बेलामा यो क्रम बढी हुन्छ । प्रेमिका बारम्बार ड्रेस लाउँदै कस्ती देखिएकी छु भनेर सोधिरहन्छिन्  र हरेक पटक आहा क्या राम्री भन्नु बाध्यता हो ।

बच्चाजस्तो व्यवहार
प्राय प्रेमिकाहरु प्रेमीसामु बच्चाझैँ व्यवहार गर्न रुचाउँछन् । यो उनीहरुको स्वभाव पनि हो र प्रेमीको ध्यान आफूतिर आकर्षित गरिरहने ट्रिक पनि । लाडिएर बोल्ने, लगायतका व्यवहार यसैअन्तर्गत पर्छ । यसलाई सहज रुपमा लिनुपर्छ ।

जिद्दीपन
आफूले भनेकै हुनुपर्ने जिद्दीपन देखाउनु प्रेमको सामान्य नियम हो । भनेकै समयमा आइपुग्नुपर्ने, उनीहरुले रुचाएकै फिल्म हेर्नुपर्ने, उनीहरुकै छनोट अनुसारको कपडा लगाउनुपर्ने यसैको संकेत हो । आफूले भनेको कत्तिको मान्छन् भनेर परीक्षणका लागि पनि प्रेमिकाले यस्तो व्यवहार गर्छन् ।

उपहार
खर्च गराउने नियत नहुनसक्छ तर प्रेमिका प्रेमीबाट सबै उपहारको अपेक्षा गर्छन् । यसमा मूल्यको अर्थ हुन्न । सामान्य चकलेटै दिए पनि उनीहरु खुसी हुन्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्