बसको ठक्करबाट स्कुटी चालकको मृत्यु, तुलसीपुर–लमही सडक ठप्प, भिडियो सहित



बसको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । घोराही उप–महानगरपालिका वडा नं. १४ लखन पार्क नजिक लु २ ख १६०२ नम्वरको बसले रा३प १९७४ नम्बरका स्कुटीलाई ठक्कर दिएको हो । बसको ठक्करवाट घोराही उप–महानगरपालिका वडा नं. १८ का मेघराज पुनको ज्यान गएको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घर्दुटना परि सोही वडाका महेश वुढा घाईते हुन भएको छ । घाईतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ पुनको ज्यान गएपछि अहिले घटना स्थल तनाव ग्रस्त बनेको प्रहरीले जनाएको छ ।

घटना स्थललाई सर्वसाधारणले नियन्त्रणमा लिन खोजेपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । घटना स्थलमा वरपर ठुलो मात्रा प्रहरी परिचालन गरिएको छ ।

यसैबीच दाङमा कुनै पनि सवारीका साधन चल्न सकेका छैनन् । पीडित पक्षद्वारा दाषीलाई कडा कारबाहीको माग गर्दै तुलसीपुरदेखि लमही चल्ने सम्पूर्ण सवारी साधनमा रोक लगाएका छन् ।

https://www.youtube.com/watch?v=JjSMnOawWAo

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्