हामी अनुहार तथा केसलाई आकर्षक, मुलायम, चम्किलो बनाउन सौन्दर्य प्रसाधन प्रयोग गर्छौ । तर, सौन्दर्य प्रसाधनले प्राकृति सौन्दर्य दिादैन । त्यसले क्षणिक रुपमा आकर्षक देखाउने मात्र हो । अतः अनुहार तथा केसलाई सुन्दर र स्वस्थ्य राख्नका लागि खानपान, आनीवानी र दिनचर्यामा ख्याल गर्नुपर्छ ।
१- अधिक लो फ्याट डाइट नलिने
अक्सर स्लिम बन्ने चक्करमा अहिलेका युवापुस्ताले लो फ्याट डाइट लिने गर्छन् । तर, त्यसले छालाको सौन्दर्य नष्ट गर्छ । छालाको प्रकृतिक चमक हराउँछ । छालालाई स्वस्थ्य र मोस्चराइज राख्नका लागि फ्याटको जरुरी हुन्छ । त्यसैले यसबाट बच्नका लागि फ्याटी एसिडको रुपमा हरियो सब्जी, अन्डा, ओखर सेवन गर्नुपर्छ ।
२- पर्याप्त निन्द्रा जरुरी
राम्रो निन्द्राले हामीलाई दिनभरका लागि उर्जा मात्र दिदैन, छालालाई ताजा राख्न पनि मद्दत गर्छ । स्किन रातमा रिजेनेरेट हुन्छ , त्यसैले हरेक रात कम्तिमा ८ घण्टा सुत्नैपर्छ । यदि तपाईको पर्याप्त निन्द्रा पुगेन भने बुढ्यौली हुने प्रक्रिय तिब्र हुन्छ ।
३-सनस्क्रिन लगाउनुहोस्
हामी ठान्छौ, सन प्रोटेक्सन क्रिम भनेको केवल बारिह हिँडडुल गर्दा घाममा लगाउने मात्र हो । तर, बाहिर हिँडडुल नगरेको समयमा पनि सन प्रोटेक्न क्रिम आवश्यक हुन्छ ।
४- धेरै तातो पानीले ननुहाउने
धेरै तातो पानीले छालाको कोशिकालाई कमजोर तुल्याउँछ । यसले छाला रुखो हुन्छ । त्यसैले मन तातो पानीले नुहाउनु उपयुक्त हुन्छ । संभव भएसम्म चिसो पानी नै उत्तम हुन्छ ।
५-तनाव नलिनुहोस्
यदि हामी तनावमा रह्यौ भने, त्यसको असर छालामा पनि पर्छ । यसले हाम्रो अनुहारको सौन्दर्य नष्ट गर्छ । त्यसैले तनावबाट जहिले पनि मुक्त रहने ।
६- प्रदूषणमा नबस्ने
हरेक किसिमको प्रदूषण स्वस्थ्यका लागि हानिकारक हुन्छ । यतिसम्म कि, चुरोटको धुँवाले समेत छालालाई असर गर्छ । त्यसलै छालालाई स्वास्थ्य राख्नका लागि प्रदूषण भएको स्थानमा बस्न हुन्न ।
७- गुलियो खानेकुरा सेवन नगरौ
धेरै गुलियो खानेकुरा पनि सौन्दर्यका लागि अनुकुल मानिदैन । त्यसले छालालाई रुखो बनाउने र चाहुरिने हुनसक्छ । यद्यपी गुलियो खाँदै नखाने भन्ने होइन । सन्तुलित मात्रामा खानुपर्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।