सैघाली खवर
घोराही, २१ साउन । प्रेस सेन्टर दाङले लोककुमारी स्मृति प्रतिभा पुरस्कार छनोट समिति गठन गरेको छ ।
सेन्टरका अध्यक्ष डिल्ली मल्लको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यमा शनिवार घोराहीमा बसेको बैठकले लोककुमारी स्मृति दिवस पत्रकार महासंघसँग संयुक्त रुपमा साउन २४ गते घोराहीमा मनाउने निर्णय गरेको छ ।
बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्मा तथा शुभेच्छुकहरु हरिप्रसाद रिजाल, गणेशप्रसाद रिजाल, अर्जुनकुमार रिजाल र राधा रिजालकी ममतामयी आमा÷हजुरआमा लोककुमारीको स्मृतिमा स्थापना गरेको पुरस्कारका लागि प्रतिभा छनौट गर्न अध्यक्ष डिल्ली मल्लको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको छ ।
समितिका सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष प्रकाश चौधरी र सचिव पाण्डव शर्मा रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।