आफ्नै बन्दुक पड्किएर प्रहरी जवान गम्भीर घाइते



विराटनगर । मोरङको उर्लाबारीमा आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान गम्भीर घाइते भएका छन् । सोमबार विहान साढे ५ बजे गस्तीमा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको बा १ झ ६४५० नं को मोबाइल भ्यानमा रहेका प्रहरी जवान सञ्जीव खडकाले बोकेको राइफल पड्किदा खडका गम्भीर घाइते भएका हुन् ।

गस्तीका क्रममा उर्लाबारी नगरपालिका वडा नं. ३ स्थित थापा चौकमा पुग्दा खड्काले बोकेको इन्फिल्ड मार्काफोर १ राइफल एक्कासी पड्किएको थियो ।

खड्काको छातीको दाहिने भागमा गोली लागेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । गोलीले उनको छाती छाडेर प्रहरी भ्यानको छत पनि दुलो परेको छ ।

घाइते जवानको विराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । घटनाको अनुसन्धान सुरु गरेको बताउदै उनले आफैले पडकाएको हो कि अन्य कुनै कारणले हो भन्ने बिषयमा छानबिन सुरु गरेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्