कुमारित्व तोडिँदा युवतीहरु खुशी कि दुःखी ? अध्ययन यसो भन्छ



भनिन्छ भर्जिनिटी अर्थात कुमारित्वलाई नारीको सबैभन्दा ठूलो सम्पत्ति हो । अझ पाश्चात्यको तुलनामा पूर्वीय समाजमा त कुरारित्वको विषयलाई गम्भीर रुपमा लिइने गरिन्छ ।

केही नारीले आफ्नो कुमारीत्व गुमेको दिन नराम्रो र जीवनको सवैभन्दा नमिठो क्षणको रुपमा लिने गरेका छन् । तर पछिल्लो समय कुमारित्व तोडिने विषय पछिल्लो समयमा महिलाको लागि दुःखको कुरा नभएर आनन्दको विषय बन्दै गएको एक अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार पहिलेको समयको तुलनामा महिलाहरुले आफ्नो कुमारित्व तोड्ने कार्यमा बढि आनन्द भोग गर्ने गर्छन् । जर्नल अफ सेक्स रिसर्चमा छापिएको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘महिलाहरुले आफ्नो सबैभन्दा पहिलो सम्भोगका बेला बढि आनन्द तथा कम पश्चाताप महसूस गर्ने गरेका छन् भने पुरुषहरुमा पनि चिन्ता घट्दो छ ।’

महिला र पुरुषबीचको समग्र लैंगिक भिन्नता कुमारित्व क्षयिकरण सम्म पुगेको छ । यद्यपि यस्तो फरकपनामा भने सन् १९८० यता महत्वपूर्ण परिवर्तन आएको शोधकर्ताहरु बताउँछन् ।

पहिलोपटकको सम्भोगमा पुरुषले प्राप्त गर्ने आनन्द पछिल्लो ३ दशकमा समान रहेको छ, जबकी महिलाले भने पहिलोपटकको सम्भोगमा प्राप्त गर्ने आनन्दमा उल्लेखनीय बढोत्तरी गरेका छन्, रिपोर्टमा भनिएको छ । पहिलो सम्भोगमा पुरुषको चिन्ताको तह तथा महिलाको पश्चातापको तह दुबै घट्दै गएको पाइएको छ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्