महिलाले म्याक्सी र नाइटी लाउन नपाइने



सुत्ने बेलामा सजिलो लुगा लगाए मिठो निद्रा पर्छ । त्यसैले महिलाहरुले आरामदायी वस्त्र म्याक्सी र नाइटीलाई मान्छन् तर भारतको महाराष्ट्रको एक गाउँका महिलालाई नाईटी लगाउन निषेध गरिएको छ ।

प्रहरीका अनुसार रातमा महिलाले यस्ता कपडा लगाएमा ५ सय रुपैया जरिवाना गर्न सकिने थियो । गाउँको एक स्थानीय समूह प्रहरीको आदेश अनुसार रातमा महिलाले यस्ता कपडा लगाएमा ५ सय रुपैया जरिवाना गर्न सकिने थियो ।

गाउँको एक स्थानीय समूह ‘इन्द्रायणी महिला मण्डल’ का अनुसार बलात्कार जस्ता घटना रोक्नका लागि यस्तो आदेश जारी गरिएको थियो ।

इण्डियन एक्सप्रेसका अनुसार समूहकी एक महिला सदस्यले घर बाहिर यस्ता कपडा लगाएका कारण अपराध बढिरहेको छ । उनले हालका दिनहरुमा म्याक्सी या नाईटी लगाउने प्रचलन बढेको छ ।

यस्ता कपडा घरबाहिर लगाउदा भद्दा देखिन्छ । महिला मण्डलले आइतबार गाउँको सूचना बोर्डमा यस्तो आदेश टाँसेको थियो । सूचनामा गाउँका महिलाले यस्ता कपडा लगाएर गाउँ घुमेमा ५ सय जरिवाना गरिने उल्लेख थियो ।

यस्तो आदेशको केही महिलाहरुले बिरोध गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले भने कुनै महिलालाई यस्तो आदेश दिने अधिकार कसैलाई नभएको भन्दै हस्तक्षेप गरेको हो । त्यसपछि उक्त सूचना हटाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्