खेलकुद

अष्ट्रेलियामा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रम हुने

By थाहा अनलाइन

December 24, 2018

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का अष्ट्रेलियामा आयोजना हुने ‘नेपालको क्रिकेटको प्रचारात्मक कार्यक्रम’मा सहभागी हुने भएका छन्।

अष्ट्रेलियाका विभिन्न चार मुख्य सहरहरुमा आयोजना हुन लागेका सो कार्यक्रममा सहभागी हुन कप्तान खड्का, दिपेन्द्र सिंह ऐर र सुवाष प्रधान आज राति नै अष्ट्रेलिया प्रस्थान गर्न लागेका हुन्।

‘एक्सपर्ट क्रिकेट फेष्टिबल’ नाम दिइएको सो कार्यक्रमबारे सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्काले सो खेल कार्यक्रमले नेपालको क्रिकेट खेलको विकासका लागि आवश्यक लगानी भित्रयाउन सघाउ पु¥याउने विश्वास व्यक्त गरे। ‘

नेपाली क्रिकेटलाई विश्वभर प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजना हुने सो खेल कार्यक्रम अष्ट्रेलियाको सिडनी, मेलबर्न, ब्रिसबेन, एडीलेडमा आयोजना हुनेछ।

एक्सपर्ट सिड्नी मुख्य प्रायोजन र नेपालय इन्टरनेशनलको व्यवस्थापनका सो कार्यक्रम गर्न लागिएको हो। कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्काले अष्ट्रेलियाका अन्य खेलाडीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको नेपालय इन्टरनेशनलले जनाएको छ।