‘गरुड पुराण’मा जे देखियो (भिडियो)



अजित फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै कमेडी नै कमेडी संवादले भरिएको चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।


यो चलचित्र निर्माणमा अजित फिल्मस्सँग अशोक गौतम फिल्मस्ले सहकार्य गरेको छ । चलचित्रमा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुनिभा तुलाधर, जान्वी बोहरा लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास कोइरालाको निर्देशनमा तयार भएको चलचित्रमा अजित प्रजापति र अशोक गौतमको लगानी छ । चलचित्रमा उज्ज्वल ढकालको सम्पादन, सुवास कोइराला, विनोद खतिवडा र आकाश बरालको पटकथा, कसम नेपालको कथा, कोशिश क्षेत्रीको संगीत छ ।

चलचित्र ‘गरुड पुराण’को ट्रेलर हेर्दा नायक नाजिर हुसेन र कलाकार लुनिभा तुलाधरको कामले दर्शकको मन जित्नेछ । उनीहरुले बोल्ने ‘दर्शन’ शब्द पनि दर्शकको मुखमा झुन्डिन सक्छ ।

माघको ४ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । कार्यक्रममा बोल्दै चलचित्रका कलाकारहरुले कमेडी कथामा दर्शकलाई पुर्ण मनोरञ्जन दिने चलचित्र बनाएकाले मनपर्ने विश्वास व्यक्त गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्