समाचार

बसमा युवतीमाथि यौनदुर्व्यवहार गर्दै गरेको अवस्थामा पक्राउ

By थाहा अनलाइन

August 05, 2017

काठमाडौं, २१ साउन । बसमा यात्रा गरिरहेको अवस्थामा काठमाडौं तिनकुने बस्ने १८ वर्षीया युवतीलाई यौनदुव्र्यबहार गर्दै गरेको अवस्थामा कीर्तिपुर पाँगा बस्ने सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–११ का २८ वर्षीय नवराज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

थानकोटबाट रत्नपार्कतर्फ आउँदै गरेको बा.३ ख ३३५९ नम्बरको बसमा सवार ती युवतीलाई यौनदुव्र्यबहार गर्दै गरेको अवस्थामा सवारी साधनमा हुने यौनदुराचारका घटना अनुगमनका लागि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट सादा पोशाकमा खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वरबाट जोशीलाई तत्काल पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ