अपराध

वडा सचिव घुससहित पक्राउ

By थाहा अनलाइन

December 24, 2018

बुटवल । अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सोमबार घुससहित वडा सचिवलाई पक्राउ गरेको छ ।बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।

पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने उनले बताए । उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए ।