नेपालले भारतलाई ७ करोडको बिजुली बेचेको उर्जामन्त्री पुनको दावी



काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले यो वर्ष नेपालले भारतलाई ७ करोड रुपैयाँको बिजुली बेचेको जनाउनु भएको छ । उर्जामन्त्री पुनले भारतको उत्तरप्रदेश र विहारमा यो वर्ष ७ करोड रुपैयाको बिजुली बेचेको जानकारी दिनुभएको हो ।

नेपालमा कम हुँदा किन्ने र बढी हुँदा बेच्ने नियम अनुसार बढी भएको बिजुली भारतलाई बेचिएको उहाँले बताउनुभयो । यसै हिसाबले भारतलाई दिनुपर्ने भुक्तानीमा ७ करोड रुपैयाँ घटाएर भुक्तानी गरिएको पनि उहाँले स्पस्ट पार्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्