प्रहरीद्वारा पीडित पक्षमाथि दुरव्यवहार



दाङ । घोराही उप–महानगरपालिका वडा नं. १४ लखन पार्क नजिक भएको सवारी दुर्घटनाकाका पीडित पक्षमाथि प्रहरीद्वारा दुरव्यवहार भएको छ । मृतक स्कुटर चालकका आमालाई प्रहरीले दुरव्यबहार गरेको भन्दै स्थानीयहरुले प्रहरी कार्यालय अगाडी आन्दोलन समेत गरेका छन् । बसको ठक्करबाट घोराही उप–महानगरपालिका वडा नं. १८ का मेघराज पुनको ज्यान गएकोको थियो । घटना स्थलमा पुग्दा प्रहरीबाटै लाठी चार्ज सहनु परेको मृतक पुनकी आमाको भनाई छ । दमकल बाट पानीको फोहोरा समेत प्रहरीले हानेको छ ।


त्यस्तै न्यायाय माग्न आउँदा प्रहरीले नै पीडित पक्षलाई यातना दिएको भन्दै प्रहरी कार्यालय अगाडी आन्दोलन समेत भएको छ । आन्दोलनमा उत्रिएकाहरुले भनेका छन्–‘प्रहरीले न्यायाय दिनु पर्ने हो तर पीडितलाई नै यस्तो यातना दिएको हामी सहन सक्दैनौं । प्रहरीको काम न्यायाय दिने हो कि दमन गर्ने हो ?’ प्रहरीले पीडिललाई यस्तो यातना दिए अझ ठूलो आन्दोलनमा उत्रिने आन्दोलनकारीको चेतावनी छ ।

यस विषयमा प्रहरीको यस्तो छ भनाई
प्रहरीलाई घटनाको बारेमा सोधपुछ गर्न आन्दोलनकारीले नदिएको हुँदा बल प्रयोग गर्न परेको दाङका एस.पी. बेल बहादुर पाण्डेले जानकारी दिएका छन् । उनले भनेका छन्– ‘हामीलाई आन्दोलनले कामगर्न असहज बनायो, त्यस्ताई नियन्त्रण गर्नको लागि हामीले अनेक उपाय लगाउँदा पनि हामीले नियन्त्रण गर्न सक्ने स्थिति भएन र हामीले बल प्रयोग गर्नु पर्ने बाध्यताआयो ।’

केही समय त आन्दोलनलाई नियन्त्रण गर्न नसकेको र अहिले सामान्य अवस्थामा आएको एस.पी. पाण्डेले सैघाली खबरलाई जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्