घर्ती परिवारलाई राहात



दाङ । बबई गाउँपालिका—७ का अग्निपिडित पुर्णबहादुर घर्तीको परिवारलाई राहत प्रदान गरिएको छ । आगलागीबाट घर्तीका दश बर्षीय छोरा राजु घर्तीको शनिबार निधन भएको थियो । नेपाल मगर संघ दाङले सोमबार राहत प्रदान गरेको हो ।जनावर भगाउनका लागि बनाइएको अट्वामा आमा र बहिनीसंगै सुतेका घर्तीको शनिबार बेलुकी ८ बजे निधन भएको हो ।

आगलागीमा परेर आमा रामकली घर्ती सामान्य घाइते हुनुभएको छ । नेपाल मगर संघले चामल, दाल, नून, तेलसंगै सिरक र डसना प्रदान गरेको हो । नेपाल मगर संघका अध्यक्ष खलुप्रसाद पुन मगरको नेतृत्वमा गएको टोलीले राहत प्रदान गरेको हो । यसअघि बंगलाचुलीमा पनि आगलागीमा परेर एकै परिवारका तीन बालबालिकाको निधन भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्