तीन नाल भरुवा बन्दुक सहित दुई जना पक्राउ



 दाङ-दाङमा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । राजपुर गाउँपालिका निवासी नर बहादुर घर्ती र साेहि ठाउँ निवासी रेशम बहादुर बुढाथोकीलाई ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेकाे हाे । ५० बर्षिय नर बहादुर घर्तीले बोकेको भरुवा बन्दुक पट्कदा ४० बर्षिय धनलाल पुनलाई गाेलि लागेको घटनाको अनुसन्धान गर्दा ३ नाल भरुवा बन्दुक सहित २ जना व्यक्ति पक्राउ परेका हुन् । धनलाल पुनको दाहिने खुट्टाको गोलीगाँठामा गोली लागेकाे छ ।

अहिले उनको नेपालगञ्जमा उपचार भैरहेकाे छ । डिल्लीबहादुर खड्का र नर बहादुर घर्तीको घर खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा ३ नाल भरुवा बन्दुक बरामद भएको छ । साथै भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, सिसाका छर्रा टुक्रा, सलाइको काँटी, सोडाजस्तो देखिने चिजवस्तु, बारुद जस्तो देखिने चिजवस्तु, केप वनाउन प्रयोग गरिने औषधिको खोल समेत बरामद गरिएकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्