‘एक सय दिनमै कामको परिणाम निकाल्छौ’दाङ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डे



 

२० वर्षपछि स्थानीय निर्वाचन भएको छ । ढिलै भएपनि जनताले आफ्नो घरदैलोको सरकार पाएका छन् । आफ्नो गाउँठाउँको योजना तर्जुमादेखि कार्यान्वयनसम्मको जिम्मेवारी लिने स्थानीय सरकार गठन भएपछि स्थानीयस्तरका विकास गतिविधिले तीब्रता पाउने विश्वास गरिएको छ । नयाँ संविधान बनेपछि राज्य पुनसंरचनासहित गठन गरिएको स्थानीय तह अधिकारसम्पन्न छ । विकास निर्माणका लागि स्थानीय तहमा स्रोत साधनको अभाव छैन । स्थानीय स्तरमै स्रोत छन्, केन्द्रले अनुदान दिन्छ र प्रदेशले सहयोग गर्छ । गाउँमा सिंहदरबार पुगेको अर्थमा लिने हो भने गाउँ वा नगर प्रमुख त्यहाँका प्रधानमन्त्री हुन् । नवनिर्वाचित प्रतिनिधि आएपछि के कस्ता कामहरु भइरहेका छन् भनेर दाङतुलसीपुर उपमहानगरपालि काका प्रमुख घनश्याम पाण्डेसंग पत्रकार दिपक बोहराले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

 

सर्बप्रथम बधाई तथा सफल कार्यकालको शुभकामना ।
धन्यबाद ।
उपमेयर बनेको झण्डै २० बर्ष पछि मेयरमा बन्न सफल हुनु भएको छ , कस्तो अनुभव भईरहेको छ ?

२०५४ सालमा निर्बाचित भएर ५ बर्ष काम ग¥यौ । र १५ बर्ष स्थानीय निकाय जनप्रतिनिधि बिहिन भयो । र अहिले सरकारले स्थानीय तह बनाएर थप अधिकार तथा जिम्मेवारी प्रदान गरेको छ । २०५४ सालमा संबैधानिक राजतन्त्र हुँदाका अबस्थामा जनप्रतिनिधि भएको थिए । त्यतिबेला स्थानीय तह थियो । तर स्थानीय तहलाई जति अधिकार दिएको छ , त्यति अधिकार स्थानीय निकायलाई दिएको थिएन् । अहिले संघीय लोकतान्त्रीक, गणतन्त्रको अबस्थामा जनताले मलाई प्रतिनिधि बनाएर पठाउनु भएको छ । अहिले सरकारले पनि स्थानीय तहलाई थुप्रै अधिकार दिएको र संसदले पनि संघीयतालाई कार्यान्वयन गर्ने कुरा ल्याएकोले पहिले भन्दा केही फरक त छ नै तर एउटा जनप्रनितिधिको हिसाबले खासै फरक छैन् । पहिला पनि जनताको काम गर्नलाई, जनताको हितमा काम गर्न प्रतिनिधि पठाएका हुन, अहिले पनि जनता काम गर्न जनप्रतिनिधिका रुपमा प्रस्तुत भएको छु ।
२०५४ सालमा पनि मतदाताले पत्याए, अहिले पनि जनताले पुनः मेयर बनाएर पठाएका छन्, खास घनश्याम पाण्डेलाई नै मतदाताले किन रोजे होलान जस्तो लाग्छ ?

पहिलो कुरा , २०५४ सालमा जनताले परिबर्तनको अपेक्षा गरेका थिए । हामीले जनताको अपेक्षा अनुसार सकारात्मकम काम गरेका थियौं । त्यसकै फलस्वरुप अहिले म मेयर बन्न सफल भएको छु । दोस्रो कुरा, संघीयताले दिएका अधिकार र तुलसीपुरको व्यबस्थित बिकास गर्न अन्य उम्मेदवार भन्दा घनश्याम पाण्डे नै सक्षम, योग्य, बिश्वासीलो, अनुभबी उम्मेदवार भएकाले मतदाताले मत दिनुभएको हो ।

तेस्रो कुरा हाम्रो पार्टीले स्थानीय तहको बिकासका लागि उठाएका ऐजेण्डाले गर्दा नै हामी बिजय बन्न सफल भएका हाँैं । त्यसमा पार्टीका बिभिन्न संघसंगठन, सञ्चार माध्यामको भुमिका पनि महत्वपुर्ण छ ।

जनताले जति बिश्वास गरेर हजुरलाई बिजय बनाए, अब उनीहरुको बिश्वास जित्न त थुप्रै चुनौती छन् नी ?
स्थानीय तह सञ्चालन ऐन बनिसकेको छैन् । संक्रमणकालीन अबस्था छ । बिशेष निर्देशनका आधारमा काम गर्नुपर्ने अबस्था छ । संबिधानले अधिकार दिएको छ तर स्थानीय तह सञ्चालन सम्बन्धि कानुन नबन्दा संक्रमणकालिन र चुनौतीपुर्ण छ । अर्को कुरा के छ भने १५ बर्ष सम्म जनप्रतिनिधि नहुनु र एकै पटक १५ बर्ष पछि जनप्रतिनिधि आईसकेपछि जनताका ठुला ठुला माग हुनु , जनतामा आशा, अपेक्षा बढ्नु स्वभाबिक पनि हो । त्यो परिपुर्ती गर्नका लागि सिमित स्रोत साधन, आबश्यक जनशक्ति व्यबस्थापन गर्न नसक्ने हो भने जनताको अपेक्षा पुरा गर्न चुनौती हुन्छ की भन्ने हो । आर्थिक बिकासको गतिबिधि सञ्चालन गर्ने भनेको स्थानीय तहले मात्रै होईन, प्रदेश र संघले पनि हो । स्थानीय तहको मात्रै चुनाब हुने, प्रदेश र केन्द्रको चुनाब हुन सकेन भने यसको समयोजना गर्न समस्या हुन्छ । यो पनि एउटा चुनौतीका रुपमा खड्किएको छ ।

यहाँले सार्बजनीक कार्यक्रममा एक सय दिनमा गर्ने योजना सार्बजनीक गर्ने गर्नु भएको छ , ती योजना महत्वकांक्षि योजना हुन, एक सय दिनमा सम्भब छैन, भनेर टिकाटिप्पनी आउने गरेका छन् ?

मलाई के लाग्छ भने महत्वकांक्षि नभए अगाडि बढ्न सकिदैछ । तर अहिले हामीले एक सय दिनमा काम गर्ने भनी योजना बनाएका छौं । ती योजना त्यती महत्वकांक्षि योजना होईनन् । ती योजनाहरु भनेका आधारभुत योजनाहरु हुन् । एयरपोर्ट सञ्चालन गर्ने, यातायात व्यबस्थापन गर्ने, ट्राफिक व्यबस्थापन गर्ने, रक्तसञ्चार सेवा सञ्चालन गर्ने, स्थानीय तहको बजेट निर्माण गर्ने, कार्ययोजना निर्माण गर्ने, आधारभुत बिकास निर्माणका काम अगाडि बढाउने कामलाई महत्वकांक्षि मानिदैन । यी कामहरु हामीले एक सय दिनमा पुरा गर्छौं । त्यसको परिणाम हामी निकाल्छौं । त्यसका लागि हामीले छलफल पनि शुरु गरिसकेका छौं । त्यही अनुसार हामीले बजेट, कार्यक्रम, योजना निर्माण तर्फ लागेका छौं ।

१५ बर्ष स्वतन्त्र रुपमा काम गरेका कर्मचारीलाई व्यबस्थापन गर्न कठिनाई पनि होला ?
कर्मचारी व्यबस्थापनमा कठिनाई छैन । कर्मचारीहरु लोक सेवा उत्तिर्ण गरेर आउनु भएको हो । लोक सेवा भनेको लोकको सेवा अर्थात जनताको सेवा गर्नु हो । जनताको सेवा गर्न भनी आउनु भएका कर्मचारीले जनताको सेवा गर्नु हुन्छ नै । यो परिबर्तित सन्दर्भमा योजना बद्धढंगले अगाडि बढनलाई कर्मचारीहरुको पनि बिशेष हात रहने छ । उहाँहरुको साथ र सहयोग पनि आबश्यक छ ।

स्थानीय तहमा आएका अधिकार जनतालाई प्रदान गर्न चुनौतीहरु के के छन् ?
मुलुकको आर्थिक अबस्था कम्जोर छ । त्यसमा स्थानीय तहलाई प्रयाप्त बजेट बिनियोजन नभएको अबस्थामा यहाँको बिकास गर्न थप चुनौती पैदा हुन्छन् । तर यस्ता चुनौती पार गर्न स्थानीय आयस्रोतलाई बृद्धि गर्ने कामहरु हामीले शुरुवात गर्छौ ।

अब लगतै हजुरले शुरु गर्ने कामहरु के के हुन्छन्, जो की तुलसीपुरमा अतिआबश्यक छ ?
तुलसीपुर उपमहानगरलाई सम्बृद्धि, हरियाली, सुरक्षति, नमुना उपमहानगरपालिका बनाउने काम गर्छौ । हामीले चुनाबको बेला जनतामाझ लिएका ऐजेण्डा पुरा गर्ने छौं । त्यही अनुसार हामीले कामलाई अगाडि बढाउछौं । हामीले तुलसीपुरका स्वास्थ्य गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि हष्पिटल, स्वास्थ्य चौकी, सामुदायीक स्वास्थ्य केन्द्रलाई सुबिधायुक्त, गुणस्तरीय बनाउछौं । तुलसीपुर नगरपालिका भित्र रहेका बालबालिका, महिलाहरुको स्वास्थ्य, जेष्ठनागरीकको भत्ता बृद्धि, अपाङ्गमैत्री संरचना निर्माण, कृषिको आधुनिकिकरण, कृषि बजार व्यबस्थापन, बनको दिगो व्यबस्थापन, तुलसीपुरलाई पर्यटकीय गणतब्यका रुपमा बिकास गर्ने काम हुने छन् । हामीले तुलसीपुर उपमहानगरपालिकालाई नेपालकै नमुना उपमहानगरपालिका बनाउने छौं ।

अन्तम ः केही भन्नु छ ?

अन्तमा निर्बाचनको समयमा सहयोग गर्ने मतदाता, निर्बाचन कार्यालय, शुरक्षाकर्मी, सञ्चारकर्मी, पार्टी कमिटिलाई बिशेष धन्यबाद व्यक्त गर्न चहान्छु । तुलसीपुर उपमहानगरपालिकालाई सम्बृद्ध बनाउनका लागि उपमहानगरपालिका तयार छ । म यस लोकपृय पत्रिका मार्फत आम नगरबासीलाई के अनुरोध गर्न चहान्छु भने तुलसीपुरलाई सम्बृद्ध बनाउनका लागि तपाईहरुका सल्लाह, सुझाब प्रदान गरी नमुना तुलसीपुर उपमहानगर बनाउन सहयोग गरिदिन बिनम्र अनुरोध गर्न चहान्छु । सम्बृद्धि नगर बन्नु भनेको यहाँका संरचना नमुना बन्नु हो , त्यसका लागि सबै सरोकार निकायको साथ र सहयोगको अपे्क्षा पनि गर्छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्