एजेन्सी । इन्डोनेसियामा शनिबार आएको सुनामीमा ज्यान गुमाउनेको संख्या ३ सय ७३ पुगेको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्ने आशंका गरिएको छ । प्रभावित क्षेत्रमा हराएका मानिसहरुको खोजी कार्य भैरहेको छ ।इण्डोनेसिया सरकारका अनुसार सुनामी पछि कम्तीमा १४ सयभन्दा बढी घाइते भएका छन् भने १२८ जना मानिस हराइरहेका छन् ।
सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको यी इलाकामा अहिले पनि आपतकालीन सेवा पुर्याउने कोसिस जारी छ ।इन्डोनेसियाको क्रेकातोआमा ज्वालामुखी अझै पनि सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ । नयाँ सुनामी आउन सक्ने चेतावनी दिँदै त्यहाँ आसपासका तटीय इलाकामा बसोबास गर्ने मानिसहरुलाई अन्यत्र जानका लागि आग्रह पनि गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।