‘नेपाल आइडल’ रवि ओडलाई प्रदेश सरकारले दियो यस्तो सम्मान



नेपाल आइडल सिजन २ का उपाधि विजेता रवि ओडलाइ सम्मान गरिएको छ। नेपाल आइडल बिजेता बनेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई स्वागत र सम्मान गरेका हुन्। रबि ओडको प्रतिभाको कदर गर्दै सुदुरपश्चिमलाइ चिनाउन समेत सफल भएको भन्दै उनलाई भब्य स्वागत तथा सम्मान गरिएको थियो।

सुदूरपश्चिम प्रदेशको कार्यालय एक बिशेष कार्यक्रम आयोजना गरि नेपाल आइडल २ का बिजेता रवि ओडलाई मुख्यमन्त्री भट्टले सम्मान गरेको हो । सम्मान कार्यक्रम मा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले रविको तारिफ गर्दै अवसर पाए पछाडि परेका व्यक्तिहरुले समेत प्रमाणित गरेर देखाइदिन सक्ने पुस्टि भएको बताए। प्रदेशका मुख्यमन्त्री भट्टले नेपाल आइडल कार्यक्रम का आयोजक लाइ दिदै बस्तिहरुमा लुकेर र दबेर रहेका प्रतिभाहरुलाई खोज्न निकै महत्वपूर्ण भूमिका रहेको बताए। यसरि प्रदेश सरकारले पनि यस्ता प्रतिभाको कदर र संरक्षण गर्ने बताउदै कला संस्कृतिको समेत संरक्षण गर्ने बताए।

मुख्यमन्त्री भट्टले नेपाल आइडल बनेर रविले आफ्नो क्षेत्रलाइ चिनाउन महत्वपुर्ण भूमिका खेलेको बताए । सुदूरपश्चिमको माया सद्भाव पाएर रबि नेपाल आइडल जिताएकोमा उनले खुसी व्यक्त गरे । रवि ओडले समेत सोहि कार्यक्रममा नेपाल आइडल मार्फत आफुले सुदूरपश्चिमलाई चिनाउन पाउँदा खुसी व्यक्त गरे। आफुले सबैको साथ सहयोगले पाएर नै नेपाल आइडल बन्न सफल बनेको बताउदै संगीतको पहिलो खुट्किलो मात्र पार गरेको बताए। आफु जिबनमा संगीतको क्षेत्रमा अझै धेरै संघर्ष गर्नुपर्ने बताउदै आफु सधै लागि पर्ने समेत बताए ।

नेपालकै सबै भन्दा ठुलो गायन रियालिटी शो नेपाल आइडलको सिजन २ मा सुदुरपश्चिमका रबि ओड नेपाल आइडल बिजेता बनेका थिए। अघिल्लो हप्ता भएको नेपाल आइडलको फिनालेमा रबि ओड बिजेता बने भने बिक्रम बराल दोश्रो बने , सुमित पाठक तेश्रो र अस्मिता अधिकारि चौथो बनेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्