सरकारलाई टेलिभिजन हेर्नेको संख्या थाहै छैन



गोविन्द खड्का,
घोराही ।
łमैले मेरो जिल्लामा यतिवटा सेट अप बक्स छ भन्न सक्दैन जिल्ला हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतले भन्नुभयो, łसंख्या दिनुस भन्छु । उहाँहरु देखाउँदै देखाउनु हुन्न ।

यो, जिल्लामा रहेका केवल नेटवर्कहरुको नविकरण गर्ने सरकारका अधिकारीको भनाई हो ।
कति घरमा टेलीभिजन हेर्छन् ? प्रमुख वस्नेतका अनुसार यसको सहि जवाफ देश भरका कुनै पनि हुलाक अधिकृतहरुले दिन सक्दैनन् । यो देशैभरीको समस्या हो । मन्त्रालय बाट प्रशास प्रशारण ईजाजत ल्याउँछन् ।

हरेक वर्ष जिल्ला हुलाक कार्यालयमा नविकरण गर्छन् । त्यस बेला रोयल्टी कुल आम्दानीको दुईप्रतिशत बुझाउँछन् । नियमानुसारको नविकरण दस्तुर तिर्छन् ।

उनिहरुले देखाउने आम्दानी अडिट रिपोर्टअनुसार हुन्छ । कतिले त्यसैमा झुक्याउँछन् । कतिपय टेलिभिजन नेटवर्कले छ महिनाको आम्दानी देखाएर बर्षदिनको कमाई यहि हो भनि झुक्याउन खोजेको प्रमुख वस्नेतले जानकारी दिनुभयो ।

अहिले जिल्लामा ११ वटा टेलिभिजन नेटवर्क सन्चालीत छन् । यस बर्ष एउटा नविकरण नगरेर घटेको छ । उनिहरुका कति जना ग्राहक छन् ? शुल्क कति उठाउँछन् ? राज्यलाई कति कर तिर्छन् ?

त्यसको एकिन विवरण नभएको नियमाक निकाए हुलाकले जनाएको छ । जसले तार बाट नेटवर्क विस्तार गरेका छन् र सिमकार्ड प्रयोग गर्दैनन् तिनको आम्दानीको विवरण थाह हुन्न ।

कति वटा सेटअप बक्स बितरण भएका छन् भन्ने प्रमाण भेटिन्न । स्थापना भएको लामो समय गुजारेका केहि टेलिभिजन नेटवर्कले थोरै ग्राहक संख्या देखाएर हिसाव लुकाएका छन् । राज्यलाई कर छलि गर्ने काम भएको छ । टेलिभिजन मार्फत सुसुचित हुनेको संख्या पत्ता लगाउँदा उचित रिपोर्ट तयार पार्न असहयो गर्छन् ।

 


नेट, टेलिभिजन लगाएतका तारहरुले पोलहरुमा गुजील्टो पर्दा चोकहरु कुरुप बनेको छन् । बेला बखतमा हालिने भयाङले हल्लाउँदा कहिले फोन त कहिले बत्तिको तारमा खराबी ल्याउँछन् ।

बजार क्षेत्रमा टेलिभिजन नहेर्ने घर कमै होलान् । कोठै पिच्छे भाडा वाल र टेलिभिजन भेटिन्छन् । एउटा लाईन घरमा लैजाने र सबै कोठाकाले चोरेर टेलिभिजन हेर्ने पनि छन् ।

उनिहरुले पहिलो कुरा टेलिभिजन नेटवर्कलाई महिना वारीपैसा नदिएर सताउँछन् । कतिले ठगेको भन्ने सन्चालकको भनाई छ । उठेको रकम पनि राज्यको तथ्यांकमा पुग्दैन । जसले गर्दा टेलिभिजन नेटवर्क सन्चालनकले कर छली गरेका छन् ।
अग्रिम भुक्तानी सिस्टम (सिएएस) लागु गरेपछि मात्रै वास्तविक विवरण आउने वस्नेतले बताउनुभयो ।

राज्यलाई आवश्यक कर असुल्न पनि सजिलो हुन्छ । डिस होम, सिम टिभि लगाएतले कार्ड मार्फत रिचार्ज गर्छन् । आफुहरु संग कर छलि गर्ने र लुकाउने कुनै उपाए नरहेको डिसमिडिया नेटवर्क लिमिटेडका एरिया सेल्स म्यानेजर विश्वराज पाण्डेयले वताउनुभयो ।

राप्तीमा मात्रै झण्डै एक लाख डिसहोम प्रयोग कर्ता ग्राहक रहेको नमुना स्याटेलाईट डिस होमको आधिकारीक विक्रिेता राज रानाको भनाई छ । सवै विवरण र खातापाता उपलब्ध गराउन सक्ने बताउनुभयो ।

आफुहरु कर ईमान्दारीता रहेको दावि गर्नुभयो ।
अहिले जिल्लामा सिस्हनिया केवल नेट, नवरत्न केवल नेट, स्वर्गद्धारी नेट प्रालि नारायणपुर, स्वर्गद्धारी केवुल नेटवर्क, हरेराम केवल नेटवर्क, सोनपुर केवल नेटवर्क, कालीका महालक्ष्मी केवल नेटवर्क,दाङ केवल, राप्ती स्पेश घोराही,राप्ती किनारा केवल नेट र पञ्चरत्न केवल नेटवर्कहरु सञ्चालनमा रहेको जिल्ला हुलाक कार्यालयको विवरणमा उल्लेख छ ।

उनिहरु कसैले पनि सिएएस सिष्टम लागु गरेका छैनन् । कसका ग्राहक कति छन् ? तिनका वास्तवीक आम्दानी कति हुन्छ ? कर छलि हुन्छ वा उचित कर तिर्छन भन्ने आधार नरहेको हुलाक कार्यालयले जनाएको छ ।

डिजीटलाईटमा गएपनि रिचार्ज मार्फत अग्रिम भुक्तानीमा नजाँदा सम्म पुर्ण करको दायरामा नआउँने हुलाकको भनाई छ । मुख्य कुरा कति वटा सेटअप वक्स वितरण भएका छन् भन्ने विवरण आउने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्