कोठामै लाखौको गोब्रे च्याउ उत्पादन



गोविन्द खड्का,
घोराही ।
एउटै कोेठामा तिन ताल बनाएर घोराही १६ बाहुन डाँडाका मनिराज पुनले गोब्रे च्याउ खेति गर्नुभएको छ । łएउटा कोठामा उम्रिएको च्याउले कति कमाई दिन्छ ? यसरी प्रश्न गर्दा पुन भन्नुहुन्छ łन्युनतम एक लाख । चम्किलो अनुहार बनाएर जवाफ दिँदै गर्दा कटक्क जिभ्रो टोक्नुपर्छ ।

मुश्किलले एउटा खाट, किचेन याक र ओढ्ने ओच्छ्उन राख्न मिल्ने साँघुरो कोठामा लाखौ कमाई हुन्छ भन्दा पत्याउन कठिन हुन्छ । आफु सुत्नेकोठा मुनिकोमा च्याउ उत्पादन गरेर पुनले प्रमाणित गरीदिनुभएको छ । पुर्व एमाले जिल्ला कमिटि सदस्य पुन बोलि बेच्ने भन्दा व्यवहार देखाउनेमा विश्वास गर्नुहुन्छ ।

प्युठानको प्रसिद्ध धार्मिक एवं पर्यटकिय स्थल गौमुखिको नाममा गौमुखी च्याउ तथा कृषि उद्योग दर्ता गरी सन्चालनमा ल्याउनुभएकोे छ । गौमुखि गापा ३ रजवारा प्यूठान जन्मिएका पुन, सिर्जनशिलताले परिचति हुनुहुन्छ । जसले घर भित्रै बाट कमाउने नयाँ तरीका सफल परिक्षण गर्नुभएको छ ।

घरको तल्लो तलाका दुई वटा कोठामा डल्ले च्याउ उत्पादन गर्नुभएको छ । लगातार तिन बर्षको मेहनतले गोब्रे च्याउ खेति सफल भएको उहाँको भनाई छ । भाडामा नजाने मुख्य बजार भन्दा बाहिरको व्यकामे जस्तै कोठा लाखौँ उत्पादन गर्ने च्याउ कारखाना बनेका छन् ।

विश्वका आठ देशको प्रत्यक्ष अनुभव संगालेको पुन घर भित्रै खेति गरेर मनग्य कमाउने सबै भन्दा पच्छिल्लो र नयाँ सृजनशिल विधि स्विकार्नुहुन्छ । कमाउन चाहे उपाए प्रशस्त रहेको पुनको भनाइ छ ।

कमाउन विदेशै जानुपर्ने, ठुलै लगानी हुनुपर्ने भन्दा ईच्छा शक्ति र मेहनत चाहिन्छ । सोचे जति कमाई खुरु खुरु गोजिमा आउँछ ।
अहिले तिन टन कम्पोष्ट राखिएको छ त्यसबाट एक टन च्याउ उत्पादनको लक्ष्य रहेको पुनले बताउनुभयो ।

उहाँकाअनुसार सुप खानलाई सर्वाधिक खोजी हुने च्याउ हो । डल्ले च्याउ भनेर पनि परिचित छ । दैनिक एक सय केजी वटन मस्रुमका नाउमा भारत बाट घोराही बजार भित्रिन्छ ।

त्यसलाई विस्थापीत गर्ने लक्ष्यका साथ आगामि बर्र्ष तिस टन उत्पादन गर्नेे पुनले सुनाउनु भयो । त्यसका लागि प्रदेश र स्थानिय सरकारको प्राविधिक एवं अन्य सहयोगको आश गरेको बताउनुभयो ।

त्यसरी फस्टाउने वातावरण दिए प्रदेश धनि बन्ने भनाई छ ।
प्रतिकिलो च्याउ पाँच सयमा घरै बाट विक्रि हुनेगरेको छ । खेति घर भित्रै हुन्छ । यसले कमाउनका लागि जमिनको अभाव भन्नेहरुलाई गतिलो जवाफ दिएको छ ।

विहान चार बजे उठेर च्याउमा पानी चार्न शुरु गर्ने पुन राति दश बजे सम्म व्यस्त रहने गरेको बताउनुहुन्छ । त्यहि मेहनतका कारण दाङमा च्याउको अभियान्ताको मानक पाउनुभएको छ । कन्या च्याउ बाट थालिएको उत्पादन अति धेरै परिश्रम खर्च हुने गोब्रेच्याउको सफलतामा पुगेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्