आठ वर्षीय प्रयास कुँवरको हत्यामा संलग्न सार्की जेल चलान



काठमाडौँ। गोंगबु स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कँुवरको आठ वर्षीय छोरा प्रयासको हत्यामा संलग्न महेन्द्र सार्कीलाई जेल चलान गरिएको छ ।

मङ्सिर ११ गते गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गमा सञ्चालित स्वस्तिक गेष्ट हाउसबाट प्रयासलाई अपहरण गरी तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा जङ्गलमा मारेर काठमाडौँ महानगरपालिका–२६ म्हैपी पुलमुनि फाल्ने सार्कीलाई सोमबार जेल चलान गरिएको हो ।

 

महानगरीय प्रहरीवृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा पेश भएकामा अदालतको आदेशानुसार सार्कीलाई केन्द्रीय कारागार चलान गरिएको जानकारी दिए ।

मङ्सिर ११ गतेदेखि हराएका बालक प्रयासको शव महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मङ्सिर १३ गते सामाखुशी म्हैपी पुलमुनि भेटाएको थियो । सार्की स्वस्तिक त्रिवेणी गेष्ट हाउसका चालक हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्