मुख्य समाचार

निर्वाचनबारे राजपा अनिर्णित, केन्द्रीय समितिको बैठकले टुंगो लगाउने

By थाहा अनलाइन

August 06, 2017

सैघाली खबर काठमाडौं, साउन २२

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी जनाउने वा नजनाउनेबारे अझै निर्णय गर्न सकेको छैन । पार्टीको चार दिनदेखि चलेको बैठकमा त्यसै विषयमा छलफल भए पनि हिजोसम्म टुंगो नलागेको हो । तर आजदेखि शुरु हुने केन्द्रीय समितिको बैठकबाट भने टुङ्गो लाग्ने दाबी नेताहरुले बताएका छन् । यसअघि हिजोसम्मको बैठकमा निर्वाचनमा सहभागितासँगै, पार्टीको विधान, राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भएको नेताहरुले बताएका छन् । आज भने चुनावको विषयमा राजपाको आधिकारिक धारणा आउन सक्ने नेताहरुको भनाइ छ ।