आकाशबाट एक्कासी लाश बर्सिएपछि ……..



तपाईहरुलाई अचम्म लाग्न सक्छ । तर यो यथार्थ घटना हो । यो घटना स्कटल्याण्डमा घटेको पाइएको छ । जहाँ काम गरिरहेको किसानहरुको खेतबारीमा आकाशबाट २४३ जनाको लाश मुसलधारे पानी बर्सिए जसरी खसेको थियो ।

त्यसका साथै काम गरिरहेको ११ जनाको ज्यान पनि गएको थियो । त्यसपछि यस ठाउमा ठुलो हाहाकार र खैलाबैला मच्चिएको थियो । तर पछि यो घटनाको प्रहरीले अनुसन्धान गर्दा खेरि यस्तो डरलाग्दो रहस्य पत्ता लागेको हो ।

अनुसन्धानका अनुसार यो घटना आकाशमा उडिरहेको विमान दुर्घटना भएर यति धेरै लाशहरु जमिनमा खसेको जनाएको छ । जुन जहाज ३१ हजार फिट माथि उडिरहेका अवस्थामा केही मानिसहरुले उक्त जहाज भित्र बम बिस्फोट गराएको खुलासा भएको थियो । त्यसपछि यात्रु र चालकदलसहित २४३ जनाको ज्यान गएको थियो । भने विमान २ टुक्रा भएको थियो ।

त्यसपछि उक्त विमानको टुक्राहरु जमिनमा आएर काम गरिरहेको ११ जनाको पनि ज्यान गएको थियो । सोही घटना इतिहासकै ठुलो दुर्घटनामा जम्मा २५४ जनाको ज्यान गएको थियो । जसकारण अहिले पनि त्यहाका मानिसहरु त्रसित रहेका छन् । जुन घटना ३० वर्ष पहिलेको हो ।

source : new sansar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्