यस्तो पनि हुन्छ फिल्म फ्यानको पागलपन



फिल्मी कलाकारको कपडा, कपाल लगायतका स्टाइल नक्कल गरेको त हामीले देख्दै आएका छौं । तर, क्यानडाकी एक मोडलले भने ल लर्ड अफ दि रिङबाट प्रभावित भएर कानको स्वरुप नै परिर्वतन गरेकी छिन् ।

२३ वर्षीया मोडल मिलिन्डा मूनले करिव २ सय ५० पाउन्ड खर्च गरेर कानको आधार ९प्वाइन्टेड ईयर्सको जस्तै० बनाएकी हुन् । यसका लागि उनले कानको सर्जरी गरेकी छन् ।

बाल्यकालमा काल्पनिक गाथाहरु सुन्न रुचाउने मिलिन्डा एल्फ जस्तै देख्न चाहन्थिन । सर्जरीपछि केही दिन अनौठो लागेको उनले बताइन् । दुई सातासम्म कानमा टाँका लगाइएको थियो, किनकी स्कीनले आकार लिन समय लाग्थ्यो ।

अरु भन्दा अलग देख्न चाहने मिरिन्डा अहिले निकै खुसी छिन् । उनी अब कानलाई कुनै पनि हालतमा पहिलेको स्वरुप नदिने बताउँछिन् । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्