यौन स्वास्थ्य- यी ६ अवस्थामा यौनसम्बन्ध नराख्नुस्, खतरा हुनसक्छ



यौन भन्ने क्रिया मानव जीवनको एउटा अभिन्न अङ्ग हो । तर यसलाई व्यवस्थित तरिकाले निर्वाह गर्न सकेन भने यो त्यति रोचक हुँदैन ।

बलात्कार पनि सेक्स नै हो । फरक के हुन्छ भने बलात्कारमा एक पक्षले सेक्सलाई आफ्नो यौनतुष्टिका रुपमा मात्रै लिने गर्दछ र अर्को पक्षलाई मानसिक तथा शारीरिक हिंसामार्फत क्षति पुर्याउने गर्दछ ।

अर्कोतर्फ पार्टनरका बीच हुने सुमुधुर सेक्स हुन्छ जहाँ एकल अर्काको भावना बुझेर यौनसम्बन्ध राख्ने गर्दछन् । समय, परिस्थिति, मनोभाव, संस्कार र नैतिकतालगायतका कुरालाई ध्यानमा दिइएन भने हरेक यौनसम्बन्धहरु बलात्कार मात्रै हुन जान्छन् ।

त्यसैले आउनुस केही यस्ता अवस्थाको कुरा गरौं, जुनबेला हामीलाई इच्छा भएपनि सेक्स नगरेकै राम्रो हुन्छ ।

१. संक्रमण भएको अवस्थामा

यदि तपाईको पार्टनरको गोप्य अङ्गमा कुनै प्रकारको संक्रमण छ भने यस्तो बेला सेक्स गर्नु हुँदैन । यदि तपाईमा हालै कुनै यौनजन्य रोगको पहिचान भएको छ भने केही दिन यौनसम्बन्धबाट टाढै बस्नु राम्रो । यो अवस्थामा कण्डमको प्रयोग गरेपनि एकजनाको संक्रमणमा अर्कोमा सर्दैन भन्ने ग्यारेण्टी हुँदैन । त्यसैले यस्तो कुनै संक्रमण भएको छ भने यौनसम्बन्ध नै नराखे राम्रो हुन्छ । यसबाहेक चिलाउने या खुजली जस्तो केही संक्रमण भएपनि यो सर्न सक्छ ।

२. शरीरमा कुनै प्रकारको दुखाई भएमा

यदि तपाईको टाउको दुखेको छ या तनावका कारण जीऊ देखेको छ भने सेक्स गरेपछि यो निको हुन सक्छ । किनभने यौनसम्बन्धमा रक्त सञ्चार तीब्र हुने र मानसिक सन्तुष्टि पाउँदा यसले दुखाई राम्रो गर्न सक्छ । तर यदि तपाईको प्राइभेट पार्टमा केही दुखाई छ, सुन्निएको छ या चिलाउने या अन्य कुनै प्रकारको समस्या छ भने सेक्स गर्नु हुँदैन ।

३. अपरिचित पार्टनरसँगः

कहिलेकाहिँ तपाई राम्रोसँग चिनजान नभएको मानिससँग डेटमा जान सक्नुहुन्छ । या, कुनै बेला यसरी चिनजान नभएको व्यक्तिसँग यौनसम्बन्ध राख्ने अवस्था आउन सक्छ । तर तपाईले त्यो मानिसलाई राम्रोसँग चिन्नुभएको छैन भने यौनसम्बन्ध नराख्दा राम्रो । किनभने उक्त व्यक्तिको यौनजीवनको बारेमा थाहा हुँदैन । यसबाट तपाई एकातिर अनिच्छित संक्रमणबाट जोगिनुहुन्छ भने अर्कोतर्फ त्यो यौनसम्बन्धले तपाईलाई भविष्यमा पर्ने असरबाट जोगिनुहुन्छ ।

३. निरोधको साधन नभएको अवस्थामाः

यौनसम्बन्ध राख्ने मन भएर मात्रै हुँदैन । एकछिनको रमाईलोले जीन्दगी नै तहसनहस पनि पार्न सक्छ । त्यसैले इच्छा र पार्टनरले पनि मन गरेको छ भन्दैमा कण्डम या अन्य कुनै निरोधको साधन नभएको बेला सेक्स गर्नु हुँदैन । तपाई पार्टनरप्रति पूर्ण विश्वस्त हुनुहुन्न भने उसको रुप, पेशा या तह हेरेर सम्पर्क गर्नु घातक हुनसक्छ ।

४. भविष्यमा असर पर्न सक्ने व्यक्तिसँगः

यदि तपाई कुनै बिहे गरेको व्यक्तिलाई मन पराउनुहुन्छ या कसैसँग एकदमै गम्भीर भावनात्मक सम्बन्धमा हुनुहुन्छ या तपाईप्रति क्रेजी भएको तर तपाईले त्यति मन नपराउने मान्छेसँग सेक्स गर्न चाहनुहुन्छ भने यसो नगरेकै राम्रो । यस्तो सम्बन्धले भविष्यमा क्षति हुन सक्छ । अहिलेको सम्बन्धको असर भविष्यको व्यक्तिगत जीवनमा पर्ने अवस्थामा या उक्त व्यक्तिले भविष्यमा हानी पुर्याउन सक्ने अवस्था हुन सक्छ ।

५. सेक्स गर्ने मन नभए

यदि तपाईको पार्टनरको सेक्स गर्ने मन छैन भने जबर्जस्ती एकतर्फीरुपमा सेक्स गर्नु हुँदैन । यसबाट तपाईको इच्छा त स्खलनसँगै पुरा होला तर यसले भावनात्मकरुपमा टाढा लैजान्छ । त्यसैले पार्टनरसित ड्युटी गरेजस्तो मन लागेपनि या नलागेपनि सेक्स गर्नु हुँदैन । दुबै राजी भएको अवस्थामा मात्रै सेक्स गर्नु पर्छ ।

६. हतार भएको अवस्थामा

यदि तपाई निकै हतारमा हुनुहुन्छ या बाहिरी डर, त्रास या त्यस्तै किसिमको अवस्था भएर हतार हतारमा सेक्स गर्नुहुन्छ भने यो निकै गम्भीर गल्ती हुनसक्छ । दुबैलाई निकै उत्तेजना आएर परिस्थितिको ख्याल नगरी हतारमा सेक्स गर्दा यसले एकातिर शीघ्र स्खलन हुने र अर्कोतर्फ अनिच्छित गर्भ समेत रहन सक्छ । यति मात्रै होइन, यसरी हतारमा सेक्स गर्दा सेक्सको वास्तविक आनन्द नआउने बरु यौनको भोक मात्रै बढने र लत लाग्ने सम्भावना हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्