अपराध

भारतबाट १३ नेपाली महिलाको उद्धार

By थाहा अनलाइन

December 25, 2018

काठमाडाैँ – भारतबाट १३ नेपाली महिलाको सोमबार उद्धार गरिएको छ। भारतको अहमदाबदा र बैङ्गालोरबाट उनीहरुको उद्धार गरिएको छ।

समाजसेवी तथा माइती इन्डियाका संयाेजक बालकृष्ण पाण्डेको नेतृत्वमा अहमदाबादाबाट ५ जना र बैङलोरबाट ८ जना गरी १३ नेपाली महिलाको उद्धार गरी मंगलबार नेपाल ल्याइएको छ।

समाजसेवी पाण्डेले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी दलालले भारतका विभिन्न शहर तथा होटल पु-याएको बताए। उनले भने,‘ उद्धार गरिएका महिलाहरुलाई त्रिभुवन विमानस्थलमा सीआइबीलाई हस्तान्त्ररण गरिने छ।’  उद्धार गरिएका महिलाहरु विपन्न वर्गका छन्।