हेलिकोप्टर दुर्घटना हुँदा गभर्नरको निधन



मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर मार्था एरिका एलोन्सोको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ । ४५ वर्षीया उनीले पीएएन पार्टीको तर्फबाट गत डिसेम्बर १४ मा मात्रै गर्भनरका रुपमा सपथ लिएकी थिइन। दर्घटनामा परेर उनका श्रीमानको पनि निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

उनका श्रीमान सेनातोर राफयल मोरिनो भाली पनि पूर्व गर्भनर थिए। उनलाई पुएब्ल राज्यको कानुनका निर्माता पनि भन्ने गरिएको थियो। पुएब्ला शहरबाट उडेको केही बेरमै हेलिकोप्टर दुर्घटना भएको मेक्सिकोका अधिकारीहरुले जनाएका छन् । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्