फरार अभियुक्त आठ वर्षपछि पक्राउ



अपहरण मुद्दामा विगत आठ वर्षदेखि फरार रहेका महोत्तरी जिल्लाको साविक किसाननगर गाविस ४ का मकेश्वर महतो पक्राउ परेका छन् । झन्डै सात वर्ष पहिले बर्दिवास नगरपालिका ७ स्थित बस काउण्टरबाट कृष्ण कुमार महतोलाई अपहरण गरी फिरौती रकम लिई छाडेको अभियोगमा जिल्ला अदालत महोत्तरीले उनलाई कैद तथा जरिवानाको फैसला सुनाएको थियो । अपहरणपछि महतोले १० लाख फिरौती लिई भारतको मधुवनीबाट कृष्णकुमारलाई मुक्त गरेका थिए ।

महतोलाई धनुषाको जनकपुर उपमहानगरपालिका स्थित पिडारीचोकबाट पक्राउ गरी सोमबार अदालतमा पेश गरिएकोमा अदालतको आदेशमा कैद भुक्तान गर्न जिल्ला कारागार जलेश्वर पठाइएको छ ।उनीमाथि साविकको निगौल गाविस ३ का शौखिराय यादवको २०६७ वैशाख १ गते हत्या गरेको आरोप समेत लागेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्