किन कुकुर बनाइन यी युवतीले युवालाई



चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा उएटा अनौठो दृश्य देखिएको छ । फुजियानको राजधानी फुझौको सडकमा एक युवतीले युवकलाई कुकुरलाई जस्तै डोर्‍याएको दृश्यले लगभग सबै यात्रुको ध्यानाकर्षण गर्‍यो ।

निकै व्यस्त सडकमा ती युवतीले घाँटीमा डोरी बाँधिएको र चार हात खुट्टा टेक्दै कुकुर जसरी हिँडिरहेको युवकलाई डोर्‍याएको दृश्यले सबैलाई यति अचम्भित बनायो कि सडकमा हिँड्ने मानिस तथा सवारी चालकहरुले समेत सवारी साधन रोकिएर फोटो खिचेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार ती युवतीले बेला बेलामा ती युवकको टाउकोमा पिट्दै छिटो हिँड्न निर्देशन दिँदै थिइन् । उनले सडकमा आफ्नो हर्कत हेरिरहेकालाई ती युवक आफ्नो कुकुर भएको बताइन् ।

एउटा सपिङ सेन्टर अगाडि पुगेपछि ती युवतीले पुरुषलाई बाँधिएको डोरी फुकाइन् र दुबै एउटा सपिङ्ग सेन्टरमा अलप भए । चीनियाँ सामाजिक सञ्जाल विबोमा यी दुईबिचको सम्बन्ध के हुन सक्ला भन्ने चर्चा चलेको छ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्