‘क्रिसमस ट्री’को रोचक इतिहास, यस्तो छ



२५ डिसेम्बरका दिन विश्वभर क्रिसमस मनाउने गरिन्छ । नेपालमा पनि ठूलो संख्यामा नभए पनि कुनै–कुनै ठाउँमा मनाउने गरिन्छ । यस दिन मानिसहरु आफ्नो घरलाई सजाउछन् र ‘क्रिसमस ट्री’ आफ्नो घरमा लगाउँछन् । के तपाईलाई थाहा छ, क्रिसमस ट्री परम्परा कहाबाट कसरी सुरु भयो रु थाहा छैन भने आउनुहोस्, तपाईलाई क्रिसमस ट्रीको इतिहास र यससँग जोडिएको रोचक प्रसंगबारे बताउँछौँ ।

ईसाई धर्मभन्दा पहिलेको इतिहास – हिस्ट्री डटकम नामक वेबसाइटका अनुसार, ईसाई धर्म अस्तित्वमा आउन धेरै समयअघि वर्षभरी हरियो रहने रुख तथा विरुवाको मानिसको जीवनमा निक्कै महत्व थियो । उनीहरु अफ्नो घरलाई रुखको हरियो डालीले सजाउने गर्थे । यसो गर्दा जादू–टुनाको असर नहुने, नराम्रो आत्मा, भूत–प्रेत र रोगहरु टाढा रहने मान्यता उनीहरु राख्थे । प्राचीन इजिप्ट र रोमका मानिस सँधै हरियो रहने विरुवाको शक्ति र सुन्दरतामा विश्वास गर्थे । अब क्रिसमस ट्रीसँग जोडिएका केही रोचक प्रसंगहरु ः–

सेन्ट बोनीफेस – क्रिसमस ट्रीसँग जोडिएको यो कहानी ई.पू. ७२२ तिरको हो । भनिन्छ, त्यस समय जर्मनीका सेन्ट बोनिफेसलाई केही खराब मानिसको समूहको एक विशाल कटुसको रुखमूति एक बालकको बलि दिने कुरा थाहा पाए । सेन्ट बेनिफेसले बालकलाई बचाउनका लागि उनले त्यो विशाल कटुसको रुखलाई नै काटिदिए । त्यो कटुसको रुखको जराबाट एक धुपीको रुख उम्रियो । त्यसपछि सेन्ट बोनिफेसले यो एक पवित्र वृक्ष हो भनेर अन्य मानिसलाई चिनाए । उनले रुखको पातहरुले स्वर्गतर्फ संकेत गर्ने बताए, जसका कारण मानिसमा यस रुखलाई लिएर सम्मान उत्पन्न भयो ।

जर्मनीलाई श्रेय – त्यसो त जर्मनीलाई क्रिसमस ट्रीको परम्परा सुरु गर्ने श्रेय दिइन्छ । मानिसहरु यसलाई १६औँ शताब्दीका महान् ईसाई धर्म सुधारक मार्टिन लुधरसँग पनि जोड्छन्, तर यो प्रमाणित भने छैन । यस कहानी अनुसार, करिब ई।पू १५०० तिर क्रिसमसको एक पूर्वसन्ध्यामा लुथर हिउँले ढाकिएको एक जंगलको बाटो हिडिरहेका थिए । उनले हिउले ढाकिएको एक चम्किएकोरुख देखे । रुखका डालीहरु हिउँले भरिएको थियो र चन्द्रमाको किरणमा चम्किलो देखिन्थ्यो । उनले घरमा आएर एक धुपीको रुख रोपे र त्यसलाई साना–साना मैनले सजाए । उनले रुखलाई जिजस क्राइस्टको जन्मदिनको सम्मानमा समपर्ण गरे, त्यहीबाट क्रिसमस ट्रीलाई सजाउने परम्परा सुरु भयो ।

अमेरिकामा क्रिसमस ट्री – अमेरिकामा पनि क्रिसमस ट्रीको सम्बन्ध जर्मनीसँग नै छ । अमेरिकामा यसको इतिहास सन् १८३० तिर मिल्न जान्छ । जब जर्मनीका मानिस अमेरिकामा आए, उनीहरुले आफूसँगै यो परम्परा लिएर आए । अमेरिकाको पेनिसिल्भानियामा सबैभन्दा पहिलो क्रिसमस ट्रीको परम्परा सुरु भएको मान्यता छ ।

बेलायतमा क्रिसमस ट्री – बेलायतमा पनि क्रिसमस ट्री परम्परा जर्मनीकै बाटो भएर पुगेको हो । बेलायतमा यसलाई फैलाउने श्रेय क्विन भिक्टोरियाका श्रीमान् प्रिन्स अल्बर्टलाई जान्छ । प्रिन्स अलबर्ट जर्मनीमा बस्थे । सन् १८४८ मा उनीहरुले विन्डसर केसिलमा पहिलो पटक क्रिसमस ट्री लगाएका थिए । त्यसपछि पुरै बेलायतमा क्रिसमस ट्रीको परम्परा चलेको थियो ।

१८५१ मा क्रिसमस ट्रीको मार्केटिङ – क्रिसमस ट्रीको मार्केटिङको श्रेय न्यूयोर्कको उक व्यापारीलाई जान्छ । उसले आफ्नो बगानबाट दर्जनौँ सल्ला र धुपीको रुख काटे र न्यूयोर्कको वासिंटन बजारमा बेच्नका लागि पुगे । त्यही समयदेखि क्रिसमस ट्री बिक्रि सुरु भयो । क्रिसमस रुखको सजावट – जर्मन मुलका अमेरिकी निवासीले आफ्नो रुखलाई सजाउनका लागि स्याउ, बदाम र कुकिजको प्रयोग गर्ने गर्थे । त्यस्तै, अन्य अमेरिकी भने घरमै बनेको चीजको प्रयोग गर्ने गर्थे । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्