मुख्य समाचार

बस दुर्घटना हुदा तीन जना यात्रु घाईते

By थाहा अनलाइन

August 06, 2017

सैघाली खबर दाङ, साउन २२

पूर्व पश्चिम राजमार्गको लमही भालुवाङ्ग सडक खण्डमा यात्रु बस दुर्घटना हुदा तीन जना यात्रु घाईते भएका छन् ।

भालुवाङ वाट लमही तर्फ आउदै गरेको रा १ ख ५४८ नम्वरको माईक्रो वस लमही नगरपालीका वडा नं। १ नर्तीमा दुर्घटना हुदा राप्ती गाउँपालिका वडा नं। ६ पत्थरगढवा निवासी २५ वर्षिय अनिता चौधरी, सोही गाउँपालीकाकाको वडा नं। ४ मौरीघाट निवासी २६ वर्षिय विष्णुमती चौधरी र लमही नगरपालीका वडा नं। १ नर्ती निवासी १९ वर्षिय अनिशा चौधरी घाईते हुनुभएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाईते तीनै जनाको लमही अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको वताईएको छ । वसका चालक अस्थायी प्रहरी पोष्ट नर्तीको सम्पर्कमा रहेको जनाइएको छ । वसको स्टेरिङ्ग भाँचीएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।