हेर्नुहोस्, सन् २०१८ को ११ सर्वाधिक भाइरल तस्विर



काठमाडौं । विरोधको शैली भुईमा सुतेर – यो तस्विर गत जनवरीमा खिचिएको तेगुसिगाल्पाको होन्डुरन सहरको सडकको हो । जुआन ओल्यान्डो हर्नान्डेजको राष्ट्रपति पदमा पुन निर्वाचित भएको विरोधमा एक युवतीले भुईमा सुतेर गरेको प्रर्दशनको यस तस्विरले विश्वको ध्यान खिचेको थियो ।

 

क्स–रेमा देखिएकी महिला – गत फेब्रुअरीमा दक्षिणी चीनको व्यस्त डोंगुआन रेलवे स्टेशनमा एक चिनियाँ महिलाले आफ्नो झोला सुरक्षा स्क्यानरमा जाँच गर्ने क्रममा एक्स–रेमा देखिएको एक महिला ।

अन्तरिक्ष मा कार कुदेको – फेब्रुअरीमा दक्षिण अफ्रिकाका इलोन मस्कले आफ्नो पुरानो कार ‘ए २००८ टेस्ला रोडस्टार’ सूर्यको कक्षमा लञ्च गरेका थिए । भाइरल भएको यो तस्विरमा एक मानव जस्तो देखिन पुत्ला अन्तरिक्षमा कार चलाइरहेको देखिन्छ ।

सन्तुलन मुगाउँदै खेलाडी – एप्रिलमा मिनेसोटामा खिचिएको यस तस्विरमा बास्केट बल टिमका एक खेलाडी जेम्स हार्डेन आफ्नो सन्तुलन गुमाइरेको र अगाडीको लाइनमा बसेका दर्शकमाथि लडिरहेको जस्तो देखिन्छन् ।

 

लाभाको नदी – मे महिनामा हवाएमा शक्तिशाली भूकम्पपछि भएको ज्वालामूखी विस्फोट भई सडकमा नदी झैँ बगेको लाभा ।

प्लास्टिकमा जेलिएको सारस – गत मे महिनामा ‘यो पृथ्वी कि प्लास्टिक ?’ भन्ने वातावरण सम्बन्धी अभियानका दौरान जारी गरिएको एक तस्विर, जसमा एक सारस प्लास्टिक झोलामा जेलिएको देखिन्छ ।

जि–७ समिट – गत जुनमा जि–७ समिटका दौरान खिचिएको तस्विर हो, जसमा विश्वका शक्तिशाली नेताहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अघि झुकिरहेका छन् ।

विश्वकपमा हवाई प्रहार – यस वर्ष रुसमा भएको विश्व कपका दौरान बेल्जियमका भिन्सेट कोमोनद्धारा गरिएको हवाई प्रहार रोक्नका लागि जापानका गोलकिपर इजी क्वासिमाले आफूलाई केही असाधारण खेलाडीको रुपमा प्रस्तुत गरिरहेका छन् ।

आधा झुकेको अमेरिकी झण्डा – गत अगस्टमा अमेरिकी सिनेटर जोन म्याक्केनको मृत्युपछि व्हाइट हाउसले मिश्रित संकेतमा युद्धको पूर्व कैदी र राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेद्वारप्रति कति सम्मान छ भन्ने दर्शाउन खोजेको थियो । सम्मानमा ट्रम्प प्रशासनले व्हाइट हाउसमाथि गाडिएको झण्डालाई पहिले तल सार्यो, फेरी माथि सार्यो र फेरी थोरै तल सार्यो ।

प्यालेस्टाइनी प्रदर्शनकारी – गत अक्टोवरमा गाजा सहरमा प्यालेस्टाइनी प्रदर्शनकारी इजराइली सुरक्षाकर्मीलाई जवाफ दिँदै हातमा ढुंगा र प्यालेस्टाइनको झण्डा लिएर विरोध प्रदर्शन गर्दै ।

टाउँकोको मर्मत – बेलायतको कोर्नवालमा इन्जिनियर्ड आर्टद्धारा बनाइएको एक रोबट फ्रेडको टाउँको मर्मत गर्दै प्रोस्थेटिक विशेषज्ञ माइक हाम्फ्रे, यस तस्विर हेर्दा जति मनोरञ्जक छ, झट्ट हेर्दा त्यति नै भयानक छ । किनकि यसमा देखिएको रोबोट प्राकृतिक मानव झै देखिन्छ ।  तस्विरः विभिन्न एजेन्सीबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्