भारतको मुम्बईमा क्रिकेट खेल्दै गर्दा मैदानमा बेहोस भएका एक खेलाडीको मृत्यु भएको छ। मुम्बईका २४ वर्षीय वैभव केसरकरको खेल्दै गर्दा हृदयघात भएको र उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। व्याटिङ गरिरहेका बेला उनको छातीमा दुखाई शुरु भएको थियो, तर उनले खेल्न छाडेनन्। फिल्डिङका क्रममा दुखाई थप बढेर उनी ढलेका थिए। त्यसपछि उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको चिकित्सकहरूले बताएका छन्। खेलको युट्यूब च्यानलबाट प्रत्यक्ष प्रशारण भइरहेको थियो। भिडियोमा उनले पटकपटक आफ्नो छाती समातेको दृश्य देखिन्छ। अस्पतालले उपचारमा ढिलाई भएका कारण उनलाई बचाउन नसकिएको जनाएको छ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।