मनोरञ्जन

रुकुमेली चेलि सूर्यकुमारी पुनको तिज गीत म माइत जाने हो बजारमा….हेर्नुहोस भिडियो सहित

By थाहा अनलाइन

August 06, 2017

सैघाली खवर दाङ २२ साउन । रुकुमेली चेली सूर्यकुमारी पुनको टिपिकल तिज गीत म माइत जाने हो बजारमा आएको छ । स्थानीय भाकालाई मिठो शब्द र लयमा सृजना गरिएको गीतले पछिल्लो समय बजारमा राम्रै चर्चा कमाएको छ ।

खुमन अधिकारी र सूर्यकुमारी पुनको स्वर रहेको गीतको शब्द पूर्णीमा पुन मगरको रहेको छ । रुकुमेली युवा गाएका एवं लय संकलक किरणवावु पुनको लय रहेको गीतमा शंकर विसी र कमला पुन मगरले अभिनय गर्नुभएको छ ।

गीतमा एउटा चेलीले गतवर्ष तिजमा माइत जान नपाएको पीडा व्यक्ति गरिएको छ भने श्रीमान्ले पनि गत वर्ष श्रीमतिलाई माइत नपठाएको भन्दै यसपटक पठाउने कुरा व्यक्त गरिएको छ । तिजमा कतिपय कामले कति श्रीमान् र परिवारका कारणले माइत जान नपाउने नेपाली समाजमा सकारात्मक सन्देश दिएको छ ।