काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले ५ लाख रुपैयाँसहित ७ जुवाडेलाई ठमेलबाट पक्राउ गरेको छ।
सोमवार क्रिसमस इभको अवसर पारेर ठमेलस्थित भोजराज सिलवालको जस्ताको टहरामा अवैध रुपमा जुवातास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर ७ जनालाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्।
जुवाखालबाट प्रहरीले ४ लाख ९७ हजार ८३५ रुपैयाँ नगद र तास १ बुक बरामद गरेको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।