गहतराजलाई राष्ट्रिय सम्मान



दाङ । नेपाल सुनचाँदी व्यवसायी संघ दाङका पूर्व अध्यक्ष एवं नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य धुब्रकुमार गहतराज सम्मानित हुनु भएको छ । गहतराजलाई राष्ट्रिय नागरिक सेवा सम्मान २०७५ बाट सम्मानित गरिएको हो ।घोराहीमा सुनचाँदी व्यवसाय संचालनगर्दै आएका गहतराजले व्यवसायसंगै सामाजिक क्षेमा समेत उहाँले काम गर्दै आउँनु भएको छ ।सामाजिक क्षेत्रमा उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै नागरिक एकता समाज काठमाडौंले सम्मान गरेको हो ।

समाजले गएको राजधानीको राष्ट्रिय नाँचघरमा आयोजना गरिएको विशेष संस्कृतिक समोहमा गतहराजलाई पूर्व उपराष्ट्रपति प्रमानन्द झा, पूर्वउपप्रधानमन्त्री सिपी मैनालीलगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नु भएको थियो।गहतराज लामो समयदेखि सुनचाँदी व्यवसायी सञ्चालन गर्नुका साथै समाजिक सेवामा सक्रिय रहदै आउँनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्