दाङ । चिनियाँ जनवादी क्रान्तिका नेता माओत्सेतुङको १ सय२६ औं जन्म दिवस आज नेपाल लगायत विश्वभर मनाइने भएको छ । चीनमा १९४९ अक्टुबर १ मा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेका माओको जन्म सन् १८९३ डिसेम्बर २६ अर्थात आजकै दिन चीनको हुनान प्रान्तको एउटा गाउँमा भएको थियो ।माओ चीनीया कम्युनिष्ट पार्टीका अध्यक्ष भएपनि उनीले सामन्ति तथा अर्थऔै पनिवेशिक मुलुकमा गरिने क्रान्तिको मोडेलको प्रयोग गरेर चीनलाई सामन्ती व्यवस्थाबाट मुतm गरेकाले उनीलाई संसारभरका कम्युनिष्टहरुले विश्वसर्वहारावर्गका नेता रुपमा मान्ने गर्दछन् । उनी नयाँ पुँजीवादी जनवादी क्रान्तिका सिद्धान्तकार र प्रयोगकर्ता भएकाले उनको सिद्धान्त र विचारलाई अंगिकार गदै नेपालमा १० बर्षे माओवादी जनयुद्ध शुरु भएको थियो ।
उनै माओको सम्झनामा माओवाद र विचारधारा मान्ने कम्युनिष्ट घटक तथा वाम विचार राख्ने संघ,संस्थाहरुले आज विविध कार्यक्रम गरेर माओ दिवस मनाउदै छन ।यसैबीच माओ जन्मजयन्तीको अवसरमा दाङमा अन्तक्र्रिया हुँदैछ । बाम सहकार्यका लागि साझा मञ्च दाङको आयोजनामा ‘माक्र्सवादको विकासमा माओत्सेतुङको योगदान’ भन्ने विषयमा कार्यक्रम हुन थालेको हो ।
मञ्चका संयोजक सुशील गौतम र कार्यक्रम संयोजक रामप्रसाद जैशीले विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासंघमा विहान ११ बजे शुरु हुने कार्यक्रममा उपस्थितिका लागि सबैमा अनुरोध गर्नुभएको छ ।कार्यक्रममा शशिधर भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने सन्तबहादुर नेपाली, हिरामणि दुःखी लगायतले टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।